2 years ago
May 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला टोलीका सरु लिम्बु र रेनुका नगरकोटे आबद्ध किकस्टार एफसी कर्नाटकाले भारतीय महिला लिग (आइडब्ल्यूएल) मा शुक्रबार विजयी भएको छ ।
सरुले गोल गरेको खेलमा किक स्टारले राष्ट्रिय टोलीकी अर्की सदस्य अनिता बस्नेत आबद्ध लर्डस एफए कोचीलाई ४–१ ले हराएको थियो । किओको एलेजावेथ काटुंग्वाले चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेलमा किकस्टारका लागि २६ औं मिनेटमा लाइस्रम बिबिचा देवीले दोस्रो गोल गरेकी थिइन् । लर्डसका लागि काथलेन कामिलीले गोल गरेकी थिइन् ।
३९ औं मिनेटमा सरुको गोलबाट किक स्टारले गोलअन्तरलाई पुनः बढाएको थियो । ६६ औं मिनेटमा किकस्टारका लागि सोनिया मारकले गोल थपेकी थिइन् । सरुले पहिलो रोजाईमा खेलेकी थिइन् भने रेनुका दोस्रो हाफमा मैदान प्रवेश गरेकी थिइन् । लर्डस्मा अनिताले शुक्रबार खेल्ने मौका पाइनन् ।
चौथो खेलमा तेस्रो जितपछि ९ अंकका साथ किक स्टार समूह ‘बी’को तेस्रो स्थानमा छ । समान ९ अंकको उडिसा एफसी दोस्रो र १२ अंकका साथ नेपाली राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको सेथु शीर्षस्थानमा छ । एन्जिलाको टोलीले शुक्रबार बिहान इस्टर्न स्पोर्टिङ युनियनलाई ३–० ले हराएको थियो ।
समूह ‘ए’मा १० अंकका साथ राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाको टोली गोकुलम केरेला एफसी शीर्ष स्थानमा छ । १६ टोलीको सहभागिता रहेको महिला लिगमा दुई समूह छ । दुबै समूहमा समान ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
January 12, 2025
हिमाल खरेल ,बिर्तामोड झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]
January 12, 2025
सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]