default_image

2 years ago

May 6, 2023

गोकुलमको फराकिलो जितमा सावित्राको ४ गोल

484 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बा आबद्ध गोकुलम केरेला एफसीले भारतीय महिला लिग (आइडब्ल्यूएल) मा शनिबार सानदार जित निकालेको छ ।

काहानी फुटबल क्लबलाई १४–१ ले हराउँदा सावित्राले ४ गोल गरिन् । टोलीको पाँचौं खेलमा सावित्राले ४ वा सो भन्दा बढी गोल गरेको यो तेस्रो पटक हो । अघिल्लो खेलमा गोलरहित बराबरीमा रोकिएको टोलीका लागि सावित्राले पहिलो खेलमा ५, दोस्रो खेलमा ४ र तेस्रो खेलमा २ गोल गरेकी थिइन् ।

५ खेलमा सावित्राको १५ गोल पुगेको छ । जारी लिगमा उनी सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा छिन् । सेथुकी काजोल डिसोजा ८ गोलका साथ दोस्रो स्थानमा छिन् । शनिबारको जितमा केराका लागि सन्धिया रंगनाथनले ५ गोल गरेकी थिइन् । कलानीकी एक खेलाडीले आत्मघाती गोल गरेको खेलमा हेमम सिल्की देवी, इन्दुमाथी काथिरेसन, भिभियन कोनाडु एडजी, लिटोङबाम आहालाता देवीले समान १ गोल गरेकी थिइन् ।

पहिलो गोल २० औं मिनेटमा गरेकी सावित्राले दोस्रो गोल ७६ औं मिनेटमा र इन्ज्युरी समयको चौथो मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरेकी थिइन् । उनको व्यक्तिगत चौथो गोल इन्ज्युरी समयको सातौं मिनेटमा गरेकी थिइन् । ५ खेलमा १३ अंकसहित गोकुलम समूह एको अंकसहित शीर्षस्थानमा र १० अंकसहित १० मुम्बई नाइट एफसी दोस्रो स्थानमा छ । समूह बीमा १२ अंकसहित राष्ट्रिय टोलीकी कप्तान एवंम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा आबद्ध सेथु शीर्षस्थानमा छ ।

February 10, 2025

ग्रिन भिलेज एजुकेशन फाउण्डेशन अन्तिम आठमा

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]

February 10, 2025

प्लानिङ ब्वाइजलाई नव ज्योति च्यालेन्ज कप उपाधि

हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]

February 10, 2025

कनकाई अन्तरपालिका फुटबलको सेमिफाइनलमा

हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]

Success

Thank you for your time.