2 years ago
May 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड ओलावाले आफिजले इन्ज्युरी समयमा गोल गरेपछि मच्छिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिगमा नेपाल एपिएफ फुटबल क्लबलाई पराजित गरेको छ ।
दशरथ रंगशालामा आइतबार मच्छिन्द्रले २-१ को जित दर्ता गर्यो । एपिएफले खेलमा सुरुवाती अग्रता लिएपनि दुवै हाफको इन्ज्युरी समयमा गोल खाँदा हार बेहोर्न पुगेको हो । एपिएफका लागि अर्मान्ड बेडमले सुरुवाती अग्रता दिलाएका थिए । तर ओमोलाजा करीमले फ्रिकिक र ओलावाले आफिजले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गर्दै मच्छिन्द्रलाई जित दिलाए ।
खेलको १७ औं मिनेटमा सुरज विकलाई टाउकोको चोटका कारण गुमाएको मच्छिन्द्रले ३३ औं मिनेटमा विमल घर्ती मगरको साथ पाएन । ल्यान्डिङ गर्ने क्रममा खुट्टामा चोट बोकेपछि विमल बाहिरिएका थिए । यसैपनि टोलीका मुख्य डिफेन्डर देवेन्द्र तामाङलाई विश्राम दिइएको थियो ।
३७ औं मिनेटमा एपिएफले अग्रता लियो । विकि तामाङको प्रहार फितलो हुँदा अर्मान्डले ६ यार्ड बक्स भित्रबाट सहजै गोल गरेका थिए । तर इन्ज्युरी समयमा मच्छिन्द्रले बराबरी गोल फर्कायो । पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट करीमको शक्तिशाली फ्रिकिक प्रहार सिधै गोलमा परिणत भएको थियो । उनको प्रहार गोलरक्षक एन्जल श्रेष्ठको ठिक अगाडी ठोक्किन पुग्दा गोलरक्षकको डाइभ व्यर्थ भएको थियो ।
दोस्रो हाफको इन्ज्युरी समयमा आफिजले सुन्दर गोल गर्दै जित पक्का गरे । झन्डै २५ यार्ड टाढाबाट आफिजले गरेको हाफ भली प्रहार गोलरक्षक एन्जलले बचाउन सकेनन् । आफिजले सिजनको व्यक्तिगत दशौं गोल गर्दै मच्छिन्द्रको ३ अंक पक्का गरे ।
यस जितसँगै मच्छिन्द्र अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान २४ अंक भएपनि हेड टु हेड नतिजाका आधारमा मच्छिन्द्र जावलाखेल र थ्री स्टारभन्दा पछि रहेको हो । एपिएफ भने १५ खेलमा १९ अंकसाथ नवौं स्थानमा छ ।
January 21, 2025
हिमाल खरेल, बिर्तामोड नेपालका दुई क्लबबिच भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा आज प्रतिस्पर्धा हुँदैछ । सिक्किमको जोरथाङ रंगशालामा आज दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसी खेल्दैछन् । क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई […]
January 21, 2025
एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमवार जित हासिल गरेको छ । चेल्सीले वुल्भ्सलाई ३-१ ले हराएको थियो। चेल्सीका लागि टोसिन अदाराबिओयो, मार्क कुकुरेया , नोनी मडुकेले समान १ गोल गरे । वुल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए । २४ औं मिनेटमा अदाराबिओयोको गोलबाट चेल्सीले अग्रता लियो। पहिलो हाफको इन्ज्युरी समयमा डोहर्टीले गोल फर्काए। कुकुरेयाको […]
January 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको सातौं खेलमा पनि एपिएफ फुटबल क्लबले विजय यात्रालाई जारी राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा शीर्ष टोली एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले हराएको छ। एपिएफका लागि रश्मिकुमारी घिसिङ र अनिता केसीले गोल गरे। दुवै गोल हेडमा भएको थियो। दुवै गोलमा […]