default_image

2 years ago

May 8, 2023

आर्सनल विजयी, युनाइटेडको हार

145 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको लन्डन क्लब आर्सनलले सफलता हात पार्दा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेडले हार बेहोरेको छ ।

आर्सनलले घरेलु टोली न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी छोट्याएको हो । सेन्ट जेम्स पार्कमा आइतबार राति भएको खेलमा आर्सनलको जितमा कप्तान मार्टिन ओडेगार्डले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको आठौं मिनेटमा घरेलु टोली न्यूक्यासलले पेनाल्टीको अपिल गरेपनि भिएआरले मान्यता दिएन । १४औं मिनेटमा कप्तान ओडेगार्डले जर्गिन्होको पासमा गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए ।

त्यसपछि ७१औं मिनेटमा फावियनले आत्मघाती गोल गरेपछि आर्सनल विजयी हुन सफल भयो । ओडेगार्डको प्रहारलाई बचाउने क्रममा फावियनले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

यस जितसँगै आर्सनलले शीर्षस्थानको सिटीसँगको अंक दुरी १ मा छोट्याएको छ । एक खेल बढी खेलेको आर्सनलको ३५ खेलबाट ८१ अंक छ । एक खेल कम खेलेको सिटीको ८२ अंक छ । पराजित न्यूक्यासल ३४ खेलबाट ६५ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रिमियर लिग अन्तरगत अर्काे खेलमा युनाइटेड घरेलु टोली वेस्ट ह्याम युनाइटेडसँग १–० ले पराजित हुँदा तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । युनाइटेडको हारमा पहिलो हाफमा सेड बेनरहमाले गरेको गोल नै निर्णायक बन्यो ।

यस हारले युनाइटेडले तेस्रो स्थानमा उक्लने मौका गुमाउँदा ३४ खेलबाट ६३ अंक जोडेर चौथो स्थानमा यथावत छ । युनाइटेडलाई हराएको वेस्ट ह्याम ३५ खेलबाट ३७ अंक जोडेर १५औं स्थानमा छ ।

January 15, 2025

शीर्ष टोली लिभरपुलको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुलले नटिङघम फरेस्टसँग बराबरीमा खेलेको छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको नटिङघम मंगलवार लिभरपुलसँग १–१ को बराबरीमा रोकको हो। नटिङघमले खेलमा लिएको अग्रता जोगाउन सकेन। आठौं मिनेटमा क्रिस उडको गोलबाट नटिङघमले अग्रता लियो । लिभरपुलका लागि डिएगो जोटाले ६६ औं मिनेटमा बराबरी गोल फर्काए । यो नतिजापछि शीर्षमा लिभरपुलको छ […]

January 14, 2025

पुलिससँग वालिङ तेस्रो पटक पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई ४-१ ले हराएको छ। जारी लिगमा पुलिसले वालिङलाई हराएको यो तेस्रो पटक हो। एन्फा कम्प्लेक्समा भएको खेलको १५औं मिनेटमा पुलिसले अग्रता बनायो। कप्तान निरु थापाले उत्कृष्ट शैलीमा बललाई कन्ट्रोल गर्दै हानेको भली प्रहार सुन्दर गोलमा परिणत भयो। कमजोर वालिङ विरुद्ध […]

January 13, 2025

नव जन जागृतीको सर्वसम्मत नयाँ नेतृत्व चयन

सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]

Success

Thank you for your time.