default_image

2 years ago

May 9, 2023

नियम तोडिएको लिग : बिना लाइसेन्स प्रशिक्षकदेखि मैदानमै टिकटकसम्म

221 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

सहिद स्मारक ए डिभिजन लिगमा अहिले १६ औं चरणको खेल चलिरहेका छन् । लिगको झन्डै २ तिहाइ खेल समापन हुन लाग्दा लिगको नियमावलीमा पटक पटक प्रश्न उठेको छ । निकै संक्षिप्त नियमावली भएकाले पनि यसमा कमजोरी धेरै छन् । तर उक्त नियमावलीमा राखिएका सामान्य नियम एन्फा आफैंले हेक्का नराख्दा तोडिएको छ ।

जर्सीमै नियम तोडियो

ए डिभिजन लिगको नियम १६ मा जर्सी कलर र किट्स शीर्षकमा विभिन्न नियम तोकिएको छ । उक्त नियम अनुसार खेलाडीले जर्सी नम्बर १ देखि ५० सम्ममात्र प्रयोग गर्न पाइने भनिएको छ । तर लिगमा धेरै क्लबका खेलाडीले ५० भन्दा माथि नम्बर भएको जर्सी प्रयोग गरेका छन् । विशेषगरी विदेशी खेलाडीले ढिला गरि क्लबमा आउँदा आफ्नो रोजाइको नम्बर नपाएपछि दोहोरो अंक रोजेका छन् ।

पुलिसमा तीन विदेशी खेलाडीले ७७, ८८ र ९९ नम्बर जर्सी लगाएका छन् । मच्छिन्द्रका चेन्चो ग्याल्सेनले ७७ नम्बर जर्सी लगाएका छन् भने मनाङका यश महात्रे र सुमित श्रेष्ठको जर्सी नम्बर ७७ र ६६ छ । संकटामा सुदेन सिंह विकले ६६ र युसुफ अथ्रिसले ९९ नम्बर लगाएका छन् । आर्मीका जगजित श्रेष्ठले ८१ नम्बर जर्सी रोजेका छन् । फ्रेन्ड्सका एरोन थापाले ७७ र सुजल श्रेष्ठ ९० नम्बर रोजेका छन् । थ्री स्टारका गोलरक्षक मोहमद ताहाले ९१ र सन्नी व्यंजनकारले ८० नम्बर लगाउँदै आएका छन् ।

एपिफका डिफेन्डर अडामा डुम्बियाले ९७ र मिडफिल्डर प्रदिप लामाले ७७ नम्बर जर्सी लगाउँछन् । सातदोबाटोमा सार्दोर्बेक मात्मुरातोभले ७७ र उमेश राईले ८८ नम्बर जर्सी लगाउँछन् । चर्च ब्वाइजमा गगनदीप सिंहले ७७ र एभ्स प्रिसोले ९१ नम्बर प्रयोग गर्छन् । हिमालयन शेर्पाका निशान लिम्बुले ९९ र क्षितिज राज जिटीले ७७ नम्बर प्रयोग गरेका छन् । फुटबल क्लब खुमलटारमा ७७ नम्बर जर्सीमा अर्जुन कार्की दर्ता छन् ।

जर्सीकै नियममा क्लबले जर्सी अगाडी एक, पछाडी २ र बायाँ बाहुलामा एक प्रायोजक मात्र राख्न पाइने नियम छ । तर मच्छिन्द्रले नियम विपरित जर्सीको अगाडी नै दुई प्रायोजक राखेको छ । अन्य केही क्लबले केही खेलमा नियमावलीमा तोकिएको मापदण्ड बाहिर गएर प्रायोजक राखेका छन् ।

प्रशिक्षकको लाइसेन्स छैन

लिगकै नियम ७ अन्तर्गत खेलाडी तथा अफिसियल दर्ता अन्तर्गत प्रशिक्षकको योग्यता कम्तिमा एएफसी ए लाइसेन्स वा सो सरहको योग्यता प्राप्त गरेको हुनुपर्ने जनाइएको छ । तर लिग दौरान कतिपय क्लबले योग्यता नै नपुगेका प्रशिक्षकलाई जिम्मेवारी दिएका छन् । केहि क्लबले त विना प्रशिक्षक पनि लिगका खेल खेल्दै आएका छन् ।

खुमलटारले पछिल्लो ६ खेलमा बिना प्रशिक्षक खेल्दै आएको छ । क्लबका व्यवस्थापकले नै टोलीको टचलाइनमा रहेर काम गर्दै आएका छन् । हरेक खेलपछि पोस्ट म्याच कन्फरेन्समा उनी अर्को खेलमा प्रशिक्षक आउने बताइरहेका हुन्छन् ।

खेलदौरान मैदानमा टिकटक, प्रशिक्षक अनुपस्थित

शनिबार लिग अन्तर्गत थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबको मध्यान्तरमा मिडफिल्डरद्वय डोना थापा र एरोन थापाले प्लेयर बक्समै टिकटक बनाएका थिए । मध्यान्तरमा ड्रेसिङ रुमबाट निस्किएर डोनाले एक दर्शकसँग टिकटक भिडियो बनाउँदा क्लबकै अफिसियलले भिडियो खिचेका थिए । लिगको नियम अनुसार खेल चलिरहेको बेलामा दर्शकले मैदानसम्म पुग्न पाउनु नै आश्चर्य लाग्ने पक्ष थियो । तर ड्रेसिङ रुमबाट निस्केर खेलाडी बाहिर जाँदा टोलीले कुनै कारवाही गरेन । अझ सामाजिक संजालमा खेलाडी आफैं र क्लबका केहि अफिसियल समर्थकसँग विवाद गरिरहेका भेटिए ।

खेलपछि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ पोस्ट म्याचमा उपस्थित भएनन् । एन्फाका मिडिया प्रतिनिधिले पटक पटक आग्रह गरेपनि क्लबका प्रशिक्षण टोलीका कुनै सदस्य पोस्ट म्याचमा आएनन् । अघिल्लो खेलमा मुख्य प्रशिक्षक श्रेष्ठ र गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र नहुँदा सहायक प्रशिक्षक रमेश महर्जन पोस्ट म्याचमा आएका थिए ।

सहिद स्मारक ए डिभिजन लिगको नियम २५ मा “खेल सुरु हुनु भन्दा अगाडी तथा खेलको मध्यान्तरमा टिमका कुनै पनि खेलाडी वा अफिसियल एवं प्रशिक्षकले कुनै पनि अन्तर्वार्ता तथा मन्तव्यहरु दिन पाइने छैन” उल्लेख गरिएको छ । त्यसै नियममा “मुख्य प्रशिक्षकले पोस्ट म्याच कन्फरेन्समा अनिवार्य रुपले सहभागी हुनुपर्ने र सहभागी नभएमा अनुशासनिक कारवाही गरिने” पनि लेखिएको छ । एन्फाले पनि यसबारे कुनै कारवाही नगर्दा प्रशिक्षक र खेलाडी खुमलटारविरुद्ध मैदानमा उत्रिए ।

टोलीमा मात्र एक गोलरक्षक

सातदोबाटो युवा क्लबले लिगको पछिल्लो दुई खेलमा मात्र एक गोलरक्षक राखेर खेलेको छ । लिगको खेलाडी दर्ता दौरान नै कम्तिमा दुई गोलरक्षक राख्नुपर्ने नियम अनुसार खेलाडी दर्ता त भएका छन् । तर प्रशिक्षणका दौरान निशान थापा मगर घाइते भएपछि क्लबले अर्को गोलरक्षक राखेको छैन ।

हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दीविरुद्ध खेल सातदोबाटोले सुरुवाती रोजाइका अभिषेक बरालकै भरमा खेलेको थियो । बेन्चमा कुनै गोलरक्षक थिएनन् । खेलको म्याच कमिस्नरले समेत खेलाडी सुची जारी गर्दा एक मात्र गोलरक्षक भएको याद गरेका छैनन् ।

म्याच कमिस्नरको गैरजिम्मेवारीपन

जुनसुकै खेलमा पनि म्याच कमिस्नरको भूमिका महत्त्वपूर्ण हुन्छ । खेल मैदानभित्र र मैदानबाहिरबाट कुनै बाधा नपुगोस र नियम अनुसार खेल खेलाउन म्याच कमिस्नर लागेका हुन्छन् । खेल सकिएपछि रेफ्रीहरुसँग सहकार्य गरेर अन्तिम म्याच रिपोर्ट निकाल्ने जिम्मेवारी पनि कमिस्नरको हुन्छ । खेलको गोल, कार्ड तथा खेलाडी परिवर्तनको समय लगायत अन्य विषयको आधिकारिकता उक्त रिपोर्टले दिन्छ । तर म्याच कमिस्नरले खेलमा हुँदै नभएको कुरा समेट्ने र खेलमा भएका थुप्रै घटना म्याच कमिस्नरले नराख्ने घटना यसपटक लिगमा पटक पटक दोहोरिएको छ ।

कतिपय खेलमा गोल गर्ने खेलाडीको नाम नै फरक रहेको छ त कहिले खेलाडीले पाएको कार्ड नै गणना भएका छैनन् । कतिपय खेलमा परिवर्तन भएको खेलाडीको तथ्यांक नै उल्लेख गरिएको छैन । गोल, कार्ड र खेलाडी परिवर्तन गरिएको समयमा त धेरै गल्ती भएका छन् । यसबारे म्याच कमिस्नरहरु र एन्फाको लिग समितिलाई समेत जानकारी गराउँदा उचित सुनुवाई भएको छैन । यसबाहेक खेलमा उपस्थित दर्शक संख्यामा बिरलै सहि तथ्यांक आएको छ । मुस्किलले १ सय जना दर्शक भएको खेलमा ५ सय उपस्थिति समेत देखाइएको छ । त्यसैले म्याच कमिस्नरकै आधिकारिकतामा प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ ।

January 12, 2025

सिक्किममा झापा ११ को विजयी सुरुवात

हिमाल खरेल ,बिर्तामोड‌ झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]

January 12, 2025

फर्साटिकर कपको सेमिफाइनल समीकरण पूरा

सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

Success

Thank you for your time.