default_image

1 year ago

May 8, 2023

एन्फामा २ उपाध्यक्षलाई नयाँ जिम्मेवारी

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) मा आपकालिन बैठकको परम्परा स्थापित हुने क्रममा छ । नियमित बैठकका लागि पहिले नै पदाधिकारी र सदस्यहरुलाई एजेण्डा उपलब्ध गराउनुपर्ने बाध्यत्मक परिस्थिति छल्नलाई आपकालिन बैठक सजिलो बाटो हुन सक्छ । त्यसैको सिलसिलामा एन्फाको अर्को आपकालिन बैठक सोमबार सम्पन्न भएको छ ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङसँग पछिल्लो समय असन्तुष्ट रहँदै आएका उपाध्यक्षहरु मध्ये दुई उपाध्यक्षलाई आपकालिन बैठकले नयाँ जिम्मेवारी दिइएको छ । पछिल्लो बैठकसम्म दुई समूहमा देखिएको एन्फा नेतृत्वले आपकालिन बैठकबाट उपाध्यक्ष विराटजंग शाहीलाई लिग कमिटीको संयोजक र अर्का उपाध्यक्ष दीपक खतिवडालाई आपकालिन समितिको सदस्यको जिम्मेवारी दिएकोको छ ।

यसअघि लिग कमिटीको संयोजकमा अध्यक्ष नेम्बाङ नै थिए । आपकालिन समितिका सदस्य विकासनारायण श्रेष्ठले राजीनामा दिएपछि सो पदमा उपाध्यक्ष खड्कालाई जिम्मेवारी दिएको एन्फाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । फागुन १७ गते भएको अपकालिन बैठक बहिष्कार गरेका मध्ये उपाध्यक्ष दीर्घबहादुर केसी सोमबारको बैठकमा उपस्थित थिएनन् ।

दुई महिना अघिको आपकालिन बैठकमा उपाध्यक्षहरु शाही, खतिवडा र केसीसहित १० जनाले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीलाई बर्खास्त गर्ने मागलाई एजेण्डामा समावेश नगरेको भन्दै बहिष्कार गरेका थिए । उपाध्यक्ष खड्कालाई एन्फालाई अर्को जिम्मेवारी दिने क्रममा मिसन फिफा वुमन्स विश्वकप २०२७–३१ समितिको संयोजकको तोकेको छ । उक्त समितिमा महिला सदस्यद्वय सरिला श्रेष्ठ र पेमा डोल्मा लामालाई सदस्य राखिएको छ ।

हालै दक्षिण एसियाली फुटबल महासंघमा उपाध्यक्षमा निर्वाचित सुरन्दर नरसिंह जोशीलाई बधाई दिएको थियो । एनआरटीका अध्यक्ष समेत रहेका जोशी निर्विरोध साफको उपाध्यक्ष चयन भएको थिए । सोही बैठकेले सन् २०२३ को ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँको को बजेट कार्यक्रम परिमार्जन सहित पारित गरेको बताइएको छ ।

कतारमा भएको कतार विश्व कप फुटबलको विक्री गरिएको टिकटको विवरण अहिले सम्म सार्वजनिक नगरेको एन्फाले महिला विश्व कपको टिकट खरिद गर्ने निर्णय गर्दै बाँकी प्रक्रिया पूरा गर्नका लागि सचिवालयलाई जिम्मा दिने निर्णय गरेको छ । साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको एन्फाले यू १६ ए डिभिजन लिग आयोजनाका लागि छलफल अघि बढाउने निर्णय गरेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.