default_image

2 years ago

May 9, 2023

स्पोर्टस उडिसाको जित,रेखाको गोल

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय महिला लिग (आइडब्ल्यूएल) मा नेपाली राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेल आबद्ध स्पोर्टस उडिसाले जित हासिल गरेको छ । मंगलबार भएको खेलमा स्पोर्टस उडिसाले इस्ट बंगाल एफसीलाई २–१ ले हराउँदा रेखाले पनि गोल गरेकी थिइन् ।

रेखाको गोलबाट नै उडिसाले अग्रता लिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ६० औं मिनेटमा रेखा गोल गर्न सफल भएकी हुन् । मौसमी मुर्मुले ६३ औं मिनेटमा इस्ट बंगालका लागि गोल फर्काएकी थिइन् ।बराबरीतर्फ उन्मुख खेलको इन्ज्युरी समयको चौथो मिनेटमा रितु देवीले गोल गर्दै स्पोर्टस उडिसालाई जित दिलाइन् ।

पाँचौं खेलमा चौथो जितपछि १२ अंकका साथ उडिसा समूह बीको अंकतालिकाको दोस्रो स्थानमा उक्लेको छ । राष्ट्रिय टोलीका दुई खेलाडी सरु लिम्बु र रनुका नगरकोटे आबद्ध किकस्टार्ट एफसीलाई पछि पार्दै उडिसा दोस्रो स्थानमा उक्लेको हो । यद्दपी अंक भने दुवै टोलीको समान छ ।

राष्ट्रिय टोलीकी कप्तान एवंम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा सम्मिलित सेथु भने १५ अंकका साथ समूह बीको अंकतालिकाको शीर्षस्थानमा छ । समूह एमा १३ अंकसहित राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा आबद्ध गोकुलम केरेला एफसी शीर्षस्थानमा छ ।

February 12, 2025

पिएसजीको सहज जित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]

February 12, 2025

सिटीमाथि रियलको रोमाञ्चक जित

एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल‌ भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]

February 11, 2025

झापा महिला फुटबल – अर्जुनधाराको १६ गोल

हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]

Success

Thank you for your time.