2 years ago
May 9, 2023
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का ३ सह महासचिव मध्ये वसन्त अर्यालले मासिक पारिश्रमिक नलिने घोषणा गरेका छन् । एन्फाको सोमबार बसेको आपकालिन बैठकले सह महासचिवलाई मासिक ७५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । यद्दपी त्यो निर्णयलाई भने एन्फाले सार्वजनिक गरेन ।
‘एन्फाले सह महासचिवलाई ७५ हजार रुपैयाँ पारिश्रमिक दिने निर्णय गरेछ । व्यक्तिगत रुपमा म त्यो पारिश्रमिक लिन्न’, विराटनगरमा रहेका अर्यालले मंगलबार भने, ‘यहाँ विराटनगरमा बस्छु र फुटबलमै सक्रिय छु । म काठमाडौं नियमित बस्दिन । फुटबलकै कामले काठमाडौं जाँदा पाउने सुविधा बाहेक म अरु सुविधा लिने छैन ।’
फुटबलबाट मासिक पारिश्रमिक नलिने आफ्नो व्यक्तिगत निर्णय रहेको जनाउँदै अर्यालले भने, ‘अरु सह महासचिव साथीहरुले पारिश्रमिक लिनुभएकोमा मेरो आपत्ती पनि छैन । काम गर्ने साथीहरुले लिनुपर्छ । तर, म लिन्न । विगतमा पनि साथीहरुले परिवारका सदस्य विरामी हुँदा उपचार खर्च लिएको पनि उदाहरण छ । मैले त्यति बेला त्यसरी कुनै खर्च लिएको छैन ।’
अर्यालसहित अरुणमान जोशी र दामोदर भट्टराई (बद्री) लाई फागुन १७ गते बसेको आपकालिन बैठकले उप महासचिव मनोनित गरेको थियो । त्यो बैठक तीन उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी (कुमार) , दीपक खतिवडासहित १० जनाले वहिष्कार गरेका थिए । त्यति बेलाको निर्णय आफूहरुलाई मान्ने नहुने बताउँदै आएकामध्ये अधिकांश उपाध्यक्ष र सदस्यहरु सोमबारको बैठकमा उपस्थित थिए ।
यसअघि सह महासचिवको पारिश्रमिक मासिक ५० हजार रुपैयाँ थियो । त्यति बेलाका सह महासचिवहरु मध्ये जोशीले मात्र पारिश्रमिक पाउँथे ।
सोमबारको बैठकमा पारिश्रमिक बढाउने एजेण्डामा अधिकांशको सहमति रहेको बैठकमा रहेका एक सदस्यले बताए । ‘अध्यक्षले तलब बढाउने विषयमा एजेन्डा प्रस्तुत गर्नुभयो’, उनले भने, ‘सामान्य छलफलपछि त्यो पास भएको थियो ।’
ए डिभिजन लिगमा मुख्य प्रायोजक समेत खोज्न नसकेको एन्फाले विभिन्न पदमा नियुक्त गर्दै आर्थिकभार थप्दै आएको छ ।
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – गोरखा जिल्लाको परिचित गोर्खाली रनिङ कपको नवौं संस्करण फागुन ७ गतेबाट हुने भएको छ । गोरखा जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक हरमटारी क्लबले जनाएको छ । उपविजेताले २ लाख पुरस्कार पाउने बुधबार पत्रकार सम्मेलन गर्दे क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । जिल्लामै […]
January 24, 2025
एजेन्सी – कप्तान सन ह्युङ–मिनले २ गोलमा टोटनहमले युरोपा लिगमा जर्मन क्लब होफेनहाइममाथि रोमाञ्चक जित दिलाए । होफेनहाइमको घरेलु मैदान भएको खेलमा टोटनहमले ३-२ को जित हासिल गर्यो । टोटनहमको जितमा सन बाहेक जेम्स म्याडिसनले गोल गरे । घरेलु टोलीका लागि एन्टोन स्टाच र डेभिड मोक्वाले गोल गरे । खेलको तेस्रो मिनेटमा टोटनहमका लागि म्याडिसनले […]
January 24, 2025
एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेसले इन्ज्युरी समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा बिहीवार रेन्जर्सलाई २-१ ले हराएको छ। फर्नान्डेसले इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गरे । त्यसअघि रेन्जरका गोलकिपर ज्याक बट्ल्यान्डले आत्मघाती गोल गरेपछि युनाइटेडले ५२ औं मिनेटमा अग्रता लियो। सेरियल डेसेर्सको ८८ औं मिनेटमा बराबरी गोल गर्दैै रेन्जर्सलाई खेलमा फर्काए। तर टोलीले […]