default_image

3 years ago

May 10, 2023

एपिएफले आर्मीलाई हरायो

281 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विभागिय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबलाई नेपाल एपीएफ फुटबल क्लबले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएकाे खेलमा एपीएफले आर्मीलाई ३-० काे फराकिलाे अन्तरले पराजित गर्याे । एपिएफको जितमा अर्मान्ड बेडम, आवास लामिछाने र कप्तान नवीन लामाले १-१ गोल गरे ।

खेलकाे ४१ अ‍ौं मिनेटमा अर्मान्डले गाेल गर्दै एपिएफलाई सुरुवाती अग्रता दिलाए। अर्माण्डकाे प्रहार आर्मीका गाेलरक्षक विकेश कुथुलाई लाग्दै पाेष्टकाे दिशा लिँदा डिफेन्डरले क्लियर गर्न सकेनन् ।

५६ अ‍ौं मिनेटमा हरि कार्कीको क्रस पेनाल्टी क्षेत्र भित्र क्लियर हुन नसक्दा आवासले उत्कृष्ट गोल गरे। ६२ औं मिनेटमा अर्मान्डकाे पासमा नवीन लामाले गाेल गर्दै एपिएफलाइ ३-० काे अग्रता दिलाए । पेनाल्टी क्षेत्रभित्र गोलरक्षकसहित ५ विपक्षी खेलाडीलाई बिट गर्दै नवीनले जित पक्का गरे ।

लिगकाे पहिलाे चरणमा पनि आर्मी एपिएफसँग १-० ले पराजित भएकाे थियाे । जितसँगै एपिएफ आर्मीलाई उछिन्दै छैंटाै स्थानमा उक्लेकाे छ । एपिएफले १६ खेलबाट २२ अंक बनाएकाे छ। पराजित आर्मी एक स्थान तल झर्दै सातौं स्थानमा छ। आर्मीको १६ खेलमा २१ अंक छ ।

बुधबार नै चर्च ब्वाइजले साविक विजेता मच्छिन्द्रलाई हराएर अंक तालिकाको शीर्षस्थानमा ३ अंकको अग्रता लियो ।

लिगको अंक तालिका, खेल तालिका, पुरानो नतिजा, सर्वाधिक गोलकर्ता, सर्वाधिक असिस्ट, क्लिन सिट लगायत सम्पूर्ण जानकारीका लागि यहाँ थिच्नुहोस ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.