default_image

2 years ago

May 10, 2023

एपिएफले आर्मीलाई हरायो

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विभागिय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबलाई नेपाल एपीएफ फुटबल क्लबले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएकाे खेलमा एपीएफले आर्मीलाई ३-० काे फराकिलाे अन्तरले पराजित गर्याे । एपिएफको जितमा अर्मान्ड बेडम, आवास लामिछाने र कप्तान नवीन लामाले १-१ गोल गरे ।

खेलकाे ४१ अ‍ौं मिनेटमा अर्मान्डले गाेल गर्दै एपिएफलाई सुरुवाती अग्रता दिलाए। अर्माण्डकाे प्रहार आर्मीका गाेलरक्षक विकेश कुथुलाई लाग्दै पाेष्टकाे दिशा लिँदा डिफेन्डरले क्लियर गर्न सकेनन् ।

५६ अ‍ौं मिनेटमा हरि कार्कीको क्रस पेनाल्टी क्षेत्र भित्र क्लियर हुन नसक्दा आवासले उत्कृष्ट गोल गरे। ६२ औं मिनेटमा अर्मान्डकाे पासमा नवीन लामाले गाेल गर्दै एपिएफलाइ ३-० काे अग्रता दिलाए । पेनाल्टी क्षेत्रभित्र गोलरक्षकसहित ५ विपक्षी खेलाडीलाई बिट गर्दै नवीनले जित पक्का गरे ।

लिगकाे पहिलाे चरणमा पनि आर्मी एपिएफसँग १-० ले पराजित भएकाे थियाे । जितसँगै एपिएफ आर्मीलाई उछिन्दै छैंटाै स्थानमा उक्लेकाे छ । एपिएफले १६ खेलबाट २२ अंक बनाएकाे छ। पराजित आर्मी एक स्थान तल झर्दै सातौं स्थानमा छ। आर्मीको १६ खेलमा २१ अंक छ ।

बुधबार नै चर्च ब्वाइजले साविक विजेता मच्छिन्द्रलाई हराएर अंक तालिकाको शीर्षस्थानमा ३ अंकको अग्रता लियो ।

लिगको अंक तालिका, खेल तालिका, पुरानो नतिजा, सर्वाधिक गोलकर्ता, सर्वाधिक असिस्ट, क्लिन सिट लगायत सम्पूर्ण जानकारीका लागि यहाँ थिच्नुहोस ।

January 12, 2025

सिक्किममा झापा ११ को विजयी सुरुवात

हिमाल खरेल ,बिर्तामोड‌ झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]

January 12, 2025

फर्साटिकर कपको सेमिफाइनल समीकरण पूरा

सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

Success

Thank you for your time.