default_image

1 year ago

May 11, 2023

इन्टरले एसी मिलानलाई हरायो

170 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगको मिलान डर्वीमा इन्टर मिलानले एसी मिलानलाई पराजित गरेको छ ।

एसी मिलानलाई २–० ले पराजित गर्दै इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । इन्टरको जितमा इडेन जेको र हेनरिक मिखटरयानले गोल गरे ।

मिलानोमा बुधबार राति भएको खेलमा इन्टरले खेल शुरु भएको ११ मिनेटभित्रै दुई गोल गर्दै त्यही गोललाई जोगाएर जित दर्ता गर्न सफल भयो ।

खेलको आठौं मिनेटमा जेकोले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाए । उनले हकान चलहानोग्लुको पासमा गोल गर्न सफल भएका थिए ।

११औं मिनेटमा हेनरिक मिखटरयानले गोल गर्दै इन्टरलाई २–० को अग्रता दिलाए । उनले फेडरिको डिमार्काेको पासलाई सदुपयोग गरेका थिए । ३१औं मिनेटमा इन्टरले पेनाल्टी पाएपनि भिएआरबाट पेनाल्टीले मान्यता पाएन ।

पहिलो हाफको शुरुमै पछि परेको मिलानले बल पोसेसन राख्दै इन्टरलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । इन्ज्युरी समयमा तोमासो पोवेगाको प्रहार सिधै इन्टरका गोलरक्षक आन्द्रे ओनानाको हातमा पार्दा मिलान गोल अन्तर कम गर्नबाट चुक्यो ।

मिलानका ब्राहिम डिया, जुनियर मेसिएस र ओलिभर जिरुडले गोलका केही अवसर खेर फालेका थिए । यस जितसँगै इन्टरले मिलानविरुद्ध पछिल्लो तीन खेलमा जित निकाल्न सफल भयो ।

यस जितसँगै इन्टरको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब १६ मेमा दोस्रो लेगमा हुनेछ । इन्टरलाई यही नतिजा फाइनल पुग्न पर्याप्त हुनेछ । मिलानलाई फाइनल पुग्न कम्तीमा पनि ३–० को जितको आवश्यकता हुनेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.