2 years ago
May 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७९ अन्तर्गत विहीबार हुने एकमात्र खेलमा जावलाखेल युवा क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुँदैछन् । खेल दिउँसो ३ बजे च्यासल मैदानमा हुनेछ ।
पहिलो लेगको खेलमा फ्रेन्ड्सले जावलाखेललाई २-१ ले पराजित गरेको थियो । पछिल्लो ५ मध्य ४ खेलमा जित निकाल्न नसकेको जावलाखेलले मंगलबार मात्र हिमालयन शेर्पालाई १-० ले हराएको थियो । आत्मघाती गोलको सहयोगमा जित हासिल गरेको जावलाखेलले आफ्नो मुख्य फरवार्ड एनकोटो मासोआबीको साथ पाउनेछ । उनले पछिल्लो खेल तीन पहेंलो कार्डका कारण गुमाएका थिए ।
यता फ्रेन्ड्सले आज हुने खेलमा मिडफिल्डर डोना थापाको साथ पाउने छैन । खुमलटारविरुद्ध जितमा रातो कार्ड पाएका कारण उनी आजको खेलमा प्रतिबन्धित छन् । फ्रेन्ड्सका लागि फरवार्ड रफिक अमिनु उच्च लयमा छन् । लिगमा १० गोल गरेका उनले पछिल्लो ८ खेलमा ८ गोल गरेका छन् । फ्रेन्ड्सले पछिल्लो ५ मध्य मात्र १ खेल हारेको छ ।
January 13, 2025
सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोलीले किर्गिजस्तानसँग खेल्दै फागुनमा आयोजना हुने फोर नेसन्स कपको सुरुवात गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म आयोजना हुने फोर नेसन्सको पहिलो दिनको पहिलो खेल म्यानमार र लेबननबिच हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार जारी गरेको खेल तालिका अनुसार फागुन ८ गते लेबननको […]