2 years ago
May 13, 2023
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीकी कप्तान एवंम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा आबद्ध सेथु भारतीय महिला लिग (आइडब्ल्यूएल) को समूह ‘बी’को शीर्षस्थानमा रहँदै अघिल्लो चरणमा पुगेको छ ।
राष्ट्रिय टोलीकै दुई मिडफिल्डर सरु सुब्बा र रेनुका नगरकोटे आबद्ध किकस्टार्ट एफसी सोही समूहको दोस्रो स्थानमा रहँदै क्वार्टरफाइनल पुगेको छ । समूह चरणको अन्तिम खेलमा शनिबार सेथु उडिसा एफसीसँग गोलरहित बराबरीमा रोकिएको छ । एन्जिलाले पूरा समय मैदानमा बिताएकी थिइन् ।
त्यसअघि शनिबार बिहानको खेलमा सुरु र रेनुकाले पहिलो रोजाईमा खेलेको खेलमा किकस्टार्टले सेन्ट्रल रिजर्भ पुलिस फोर्स फुटबल क्लबलाई ९–० ले हराएको थियो । सरुले पहिलो हाफमै टोलीका लागि २ गोल गरेकी थिइन् । त्यसबाहेक टोलीका लागि लेइश्रम बिबिचा देवीले ह्याट्रिक गरेको खेलमा सुष्मिता लेप्चा र डालिमा छिबिरले समान १ गोल गरेकी थिइन् ।
राष्ट्रिय टोलीकी अनिता बस्नेत आबद्ध लर्डस् एफ ए इस्र्टन स्पोर्टिङ युनियनसँग ३–२ ले पराजित भएको छ । अनिता परिवर्तित खेलाडीका रुपमा ७५ औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन् । सेथु, किकस्टार्टसँगै उडिसा एफसी तेस्रो र इन्र्टन स्पोर्टिङ चौथो स्थानामा रहँदै लिगको अन्तिम आठमा पुगेको छ ।
समूह चरणको ७ खेलको समाप्तीमा सेथुको १७, किकस्टार्ट र उबडिसा एफसीको समान १६ अंक र इस्टर्न स्पोर्टिङले १५ अंक जोडेको थियो । अनिता आबद्ध टोली समूहको सातौं स्थानमा रहेको थियो । दुई समूहमा आठ टोलीको सहभागिता थियो ।
समूह ‘ए’मा राष्ट्रिय टोलीकी फरवार्ड गोकुलम केरेला एफसी १९ अंकका साथ अघिल्लो चरण पुगिसकेको छ । राष्ट्रियब टोलीकै रेखा पौडेल सम्मिलित स्पोर्टस उडिसा (१३ अंक) दोस्रो, इस्ट बंगाल एफसी (१३ अंक) तेस्रो र होप्स फुटबल क्लब (१२ अंक) चौथो हुँदै क्वार्टरफाइनलमा पुगेका छन् । सबै क्वार्टरफाइनल खेल मंगलबार हुनेछ ।
मंगलबार हुने क्वार्टरफाइनल खेल
-किकस्टार्ट एफसीविरुद्ध होप्स फुटबल क्लब
-स्पोर्टस उडिसाविरुद्ध इस्टर्न स्पोर्टिङ
-गोकुलम केरेलाविरुद्ध उडिसा एफसी
-सेथुविरुद्ध इस्ट बंगाल
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – गोरखा जिल्लाको परिचित गोर्खाली रनिङ कपको नवौं संस्करण फागुन ७ गतेबाट हुने भएको छ । गोरखा जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक हरमटारी क्लबले जनाएको छ । उपविजेताले २ लाख पुरस्कार पाउने बुधबार पत्रकार सम्मेलन गर्दे क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । जिल्लामै […]
January 24, 2025
एजेन्सी – कप्तान सन ह्युङ–मिनले २ गोलमा टोटनहमले युरोपा लिगमा जर्मन क्लब होफेनहाइममाथि रोमाञ्चक जित दिलाए । होफेनहाइमको घरेलु मैदान भएको खेलमा टोटनहमले ३-२ को जित हासिल गर्यो । टोटनहमको जितमा सन बाहेक जेम्स म्याडिसनले गोल गरे । घरेलु टोलीका लागि एन्टोन स्टाच र डेभिड मोक्वाले गोल गरे । खेलको तेस्रो मिनेटमा टोटनहमका लागि म्याडिसनले […]
January 24, 2025
एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेसले इन्ज्युरी समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा बिहीवार रेन्जर्सलाई २-१ ले हराएको छ। फर्नान्डेसले इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गरे । त्यसअघि रेन्जरका गोलकिपर ज्याक बट्ल्यान्डले आत्मघाती गोल गरेपछि युनाइटेडले ५२ औं मिनेटमा अग्रता लियो। सेरियल डेसेर्सको ८८ औं मिनेटमा बराबरी गोल गर्दैै रेन्जर्सलाई खेलमा फर्काए। तर टोलीले […]