2 years ago
May 14, 2023
एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे चम्कँदा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।
घरेलु मैदानमा १० खेलाडीमा समेटिएको पिएसजीले १० खेलाडीमै समेटिन पुगेको एसी एजासियोलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको हो ।
पिएसजीको जितमा एमबाप्पेले दुई तथा फावियन रुइज र अचरफ हाकिनीले समान एक गोल गरे । एक गोल उपहार पाएको थियो । पार्क डेस प्रिन्सेसमा शनिबार राति गोलको वर्षा भएको खेलको २२औं मिनेटमा फावियन रुइजको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो ।
३३औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । ४७औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजी सहज जिततर्फ अग्रसर बन्यो । ५४औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।
७३औं मिनेटमा मोहम्मद युसोउफले आत्मघाती गोल गरेपछि पिएसजी खेलमा ५–० ले अघि बढ्यो । ७७औ मिनेटमा पिएसजी १० खेलाडीमा समेटिन पुग्यो । अचरफ हाकिमी सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
८०औं मिनेटमा एजारियोका थोमस मनगानी पनि सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै टोलीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।
यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३५ खेलबाट ८१ अंक पुगेको छ । पिएसजी दोस्रो स्थानको लेन्सभन्दा ६ अंकले अघि छ । लेन्सको ७५ अंक छ । पराजित एजासियो २३ अंक जोडेर १८औं स्थानमा छ ।
January 13, 2025
सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोलीले किर्गिजस्तानसँग खेल्दै फागुनमा आयोजना हुने फोर नेसन्स कपको सुरुवात गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म आयोजना हुने फोर नेसन्सको पहिलो दिनको पहिलो खेल म्यानमार र लेबननबिच हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार जारी गरेको खेल तालिका अनुसार फागुन ८ गते लेबननको […]