2 years ago
May 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युवा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार भएको खेल रोमाञ्चक बराबरीमा सकिएको छ ।
च्यासल मैदानमा जावलाखेलले २-० को अग्रता लिएपनि जित निकाल्न सकेन । जावलाखेलले एनकोटो मासोआबी र हिसुब थपलियाको गोलमा अग्रता लिएको थियो । तर अन्त्यतिर भिषण गुरुङ र सुमित श्रेष्ठले गोल गरे ।
१७ अौं मिनेटमा जावलाखेलका अब्दुलअजिज निशोनबाएभको कर्नरमा अब्दुल माजिद सामातेको पहिलो टच पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । लगत्तै अर्कोतर्फ मनाङका साइदजमोल दाभ्लातजोनोभको फ्रिकिक गोलरक्षक अनिष देउलाले मुस्किलले बचाए । २३ अौं मिनेटमा सुमित श्रेष्ठको पेनाल्टी क्षेत्र बाहिरको प्रहार अनिषले दोस्रो प्रयासमा जोगाए ।
३४ अौैं मिनेटमा जावलाखेलले एनकोटो मासोआबीको गोलमा अग्रता लियो । विनोद केसीले मध्यभागबाट खेलेको लामो पासमा गोलरक्षक दिप कार्कीको क्लिअरेन्स मासोआबीलाई लाग्दै गोल तर्फ गएको थियो ।
६३ अौं मिनेटमा मनाङका डिआन्दु डियाग्नेको क्रसमा निराजन धामीको प्रहार पोस्टभन्दा थोरै परबाट गयो । त्यसअघि निराजनकै प्रहार गोलरक्षक अनिषले विफल पारेका थिए । ७० अौं मिनेटमा भिषणको कर्नरमा कोफी कोउडुको हेडरलाई अनिषले हल्का छुँदै क्रसबारको माथि पठाए ।
काउन्टर अट्याकमा भर परेको जावलाखेलले ७६ अौं मिनेटमा अर्को गोल थप्यो । डिफेन्सले खराब क्लियर गरेको बललाई फोडे फोफाना नियन्त्रणमा लिए । उनले दिएको पासलाई हिसुब थपलियाले पहिलो टचमा सहज ट्याप इन गर्दै २-० को अग्रता दिलाए ।
मनाङले ५ मिनेट नबित्दै गोल फर्कायो । भिषण गुरुङ र कोफी कोउडुले पास साटफेर गर्दै दर्शनीय गोल सम्भव पारे । मिडफिल्डमा जावलाखेलका दुवै मिडफिल्डरलाई बिट गर्दै कोफीलाई पास दिए । कोफीले सुन्दर फ्लिकमा डिफेन्स लाइन बिट गरेपछि भिषणले वन भर्सेस वनमा शक्तिशाली भलीमार्फत गोल गरे ।
इन्ज्युरी समयको पहिलो मिनेटमा सुमित श्रेष्ठले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोल भयो । यस बराबरीले जावलाखेल ३१ अंकसाथ शीर्ष स्थानमा कायम छ । मनाङ २२ अंकसाथ सातौं स्थानमा छ ।
January 21, 2025
हिमाल खरेल, बिर्तामोड नेपालका दुई क्लबबिच भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा आज प्रतिस्पर्धा हुँदैछ । सिक्किमको जोरथाङ रंगशालामा आज दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसी खेल्दैछन् । क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई […]
January 21, 2025
एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमवार जित हासिल गरेको छ । चेल्सीले वुल्भ्सलाई ३-१ ले हराएको थियो। चेल्सीका लागि टोसिन अदाराबिओयो, मार्क कुकुरेया , नोनी मडुकेले समान १ गोल गरे । वुल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए । २४ औं मिनेटमा अदाराबिओयोको गोलबाट चेल्सीले अग्रता लियो। पहिलो हाफको इन्ज्युरी समयमा डोहर्टीले गोल फर्काए। कुकुरेयाको […]
January 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको सातौं खेलमा पनि एपिएफ फुटबल क्लबले विजय यात्रालाई जारी राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा शीर्ष टोली एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले हराएको छ। एपिएफका लागि रश्मिकुमारी घिसिङ र अनिता केसीले गोल गरे। दुवै गोल हेडमा भएको थियो। दुवै गोलमा […]