default_image

1 year ago

May 14, 2023

अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स रोकियो

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेलमा दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा फ्रेन्ड्स क्लब कुपन्डोल सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) सँग बराबरीमा रोकिएको छ ।

फ्रेन्ड्स र एनआरटीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा फ्रेन्ड्सका रफिक अमिनु र अमित तामाङले गोल गर्दा एनआरटीका निकोलस सर्ज सङले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको २८औं मिनेटमा रफिक अमिनुको गोलबाट फ्रेन्ड्सले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । ५८औं मिनेटमा अमित तामाङले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुग्यो ।

६६औं मिनेटमा अमित तामाङले पेनाल्टीमा गोल गर्दै फ्रेन्ड्सलाई पुनः २–१ को अग्रता दिलाए । तर, निर्धारित समयको अन्तिम मिनेटमा निकोलस सर्ज सङले गोल गर्दै एनआरटीलाई हारबाट जोगाए ।

यस बराबरीसँगै एनआरटी १८ खेलबाट २२ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । समान २२ अंक नै रहेपनि एनआरटी मनाङ भन्दा पछि र एपिएफभन्दा अघि छ । फ्रेन्ड्स १८ खेलबाट २० अंक जोडेर ११औं स्थानमा छ । समान २० अंक नै रहेपनि फ्रेन्ड्स संकटाभन्दा माथि छ ।

लिगको अंक तालिका, खेल तालिका, पुरानो नतिजा, सर्वाधिक गोलकर्ता, सर्वाधिक असिस्ट, क्लिन सिटलगायत सम्पूर्ण जानकारीका लागि यहाँ थिच्नुहोस ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.