default_image

1 year ago

May 15, 2023

उपाधि होडको आर्सनलको लज्जास्पद हार

274 views

0 Bookmark

एजेन्सी – उपाधि होडमा रहेको लन्डन क्लब आर्सनलले घरेलु मैदानमै लज्जास्पद हार बेहोरेपछि टोलीको इंग्लिस प्रिमियर लिगको उपाधि यात्रामा धक्का लागेको छ ।

आर्सनल घरेलु मैदानमा ब्राइटनसँग ३–० ले पराजित भएपछि उपाधि होडमा धक्का लागेको हो । यो हारले आर्सनल एक खेल कम खेलेको शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ४ अंकले पछि परेको छ ।

इमिरेट्स स्टेडियम लन्डनमा आइतबार राति भएको खेलमा आर्सनललाई हार चखाउन जुलियो इनसिसो, डेनिज अन्डभ र पर्भिस इस्टुपिनानले गोल गरे ।

घरेलु मैदानमा आर्सनलले ब्राइटनलाई पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा भने रोक्न सकेन । ५१औं मिनेटमा जुलियो इनसिसोले गोल गरेपछि आर्सनल खेलमा १–० ले पछि पर्यो । उनले पर्भिस इस्टुपिनानको पासमा गोल गर्न सफल भएका थिए ।

८६औं मिनेटमा डेनिज अन्डभले पास्कल ग्रसको पासमा गोल गर्दै ब्राइटनको अग्रता दोब्बर पारे । त्यसपछि इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा पर्भिस इस्टुपिनानले गोल गर्दै ब्राइटनलाई ३–० को सानदार जित दिलाए ।

यस जितसँगै ब्राइटन प्रिमियर लिगमा शीर्ष ६ मा रहने सम्भावना बलियो बनेको छ । छैटौं स्थानमा रहेको ब्राइटनको ३४ खेलबाट ५८ अंक पुगेको छ ।

पराजित आर्सनल ३६ खेलबाट ८१ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । आर्सनललाई उपाधि जित्न आफ्नो बाँकी दुवै खेलमा जित तथा अर्काेतर्फ सिटीले अंक गुमाउनुपर्ने हुन्छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.