2 years ago
May 15, 2023
काठमाडौं (हाम्रो खेलुकद) – एफसी खुमलटारमाथि सहज जित हात पार्दै साविक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होडमा फर्किएको छ ।
मछिन्द्रले खुमलटारलाई ३–० ले पराजित गर्दै शीर्षस्थानमा रहेको जावलाखेल युथ क्लबसँगको अंक दुरी १ मा छोट्याएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा मछिन्द्रको जितमा ओलावाले ओलाडिपो अफिजले दुई तथा आन्द्रेस नियाले एक गोल गरे ।
प्रतिस्पर्धात्मक बनेको खेलमा मछिन्द्रले पाएको मौकालाई सदुपयोग गर्न सफल हुँदा खुमलटारले अवसर खेर फाल्दा पराजित हुन पुग्यो । खेलको ४२औं मिनेटमा आन्द्रेस नियाले गोल गर्दै मछिन्द्रलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।
ओलावाले ओलाडिपो अफिजले दुई डिफेन्डरलाई बिट गर्दै ल्याएको बललाई नियाले फिनिस गर्दा एफसी खुमलटारका नयाँ गोलरक्षक आशिष मुक्तानले रोक्ने कुनै मौका पाएनन् ।
दोस्रो हाफको शुरुमा मछिन्द्रले लगातार दवाव झेलेपनि गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठले केही उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता कायम राखे । ७७औं मिनेटमा ओलावाले अफिजले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे ।
८३औं मिनेटमा ओलावाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै मछिन्द्रको जित पक्का गरे । पुजन उपरकोटीको फ्रिकिक क्लियर हुन नसक्दा नजिकै रहेका अफिजले गोल गर्न सफल भए । पहिलो राउन्डमा पनि मछिन्द्रले खुमलटारमाथि ७–३ को जित निकालेको थियो ।
यस जितसँगै तेस्रो स्थानमा रहेको मछिन्द्रको १८ खेलबाट ३० अंक पुगेको छ । समान ३० अंक नै रहेपनि एक खेल कम खेलेको चर्च ब्वाइज युनाइटेड हेड टु हेडमा अघि छ । पराजित खुमलटार १८ खेलबाट १७ अंक जोडेर पुछारमा छ ।
January 13, 2025
सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोलीले किर्गिजस्तानसँग खेल्दै फागुनमा आयोजना हुने फोर नेसन्स कपको सुरुवात गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म आयोजना हुने फोर नेसन्सको पहिलो दिनको पहिलो खेल म्यानमार र लेबननबिच हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार जारी गरेको खेल तालिका अनुसार फागुन ८ गते लेबननको […]