default_image

1 year ago

May 16, 2023

सावित्रा र एन्जिला आबद्ध दुवै टोली सेमिफाइनलमा

127 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा र फरवार्ड सावित्रा भण्डारी साम्बा आबद्ध क्लब भारतीय महिला लिग (आइडब्ल्यूएल) को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एन्जिला आबद्ध सेथु र साम्बा आबद्ध गोकुलम केरेला एफसी मंगलबार विजयी भएका थिए । सेथुले इस्ट बंगाललाई ९–० ले हराउँदा सावित्राको टोलीले उडिसा एफसीमाथि जित हासिल गर्नका लागि संघर्ष गर्नुपरेको थियो ।

सेथुलाई जित दिलाउन अर्पुणा नार्जेरीले ६ गोल गरेकी थिइन् भने काजोल डिसुजा, नाउरेम प्रियंका देवी, इभी फेथ एन्टिनोले समान १ गोल गरेका थिए । एन्जिलाले पूरा समय खेलेकी थिइन् ।

गोकुलमले भने उडिसालाई टाइब्रेकरमा ३–० ले हराएको थियो । त्यसअघि निर्धारित समय १–१ को बराबरीमा टुंगिएको थियो । १० खेलाडीमा सिमित रहँदै खेलको अन्त्य गरेको गोकुलमले १–० को बराबरीबाट पूनरागमन गरेको थियो ।

गोकुलमको सेमिफाइनल यात्रामा गोलकिपर बेट्रिका एनटिवा एनकेटियाले उच्च प्रदर्शन गरेकी थिइन् । उनले उडिसाका ३ खेलाडीको पेनाल्टी रोक्दै गोकुलमको अघिल्लो चरणको यात्रा पक्का गरेकी थिइन् । गोकुलमका लागि सावित्राले पनि पेनाल्टीमा गोल गरेकी थिइन् ।

एनगागोम बाला देवीको गोलबाट उडिसाले दोस्रो मिनेटमै खेलमा अग्रता लिएको थियो । असेम रोजा देवीले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याएकी थिइन् । सावित्रा र अन्य खेलाडीले गोलका लागि केहि अवसर सृजना गरेपनि सफल भने हुन सकेनन् ।

सरु र रेनुका आबद्ध टोली अन्तिम चारमा

राष्ट्रिय टोलीका मिडफिल्डरद्वय सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार्ट फुटबल क्लब लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । फरवार्ड रेखा पौडेल सम्मिलित स्पोर्ट्स ओडिसा भने क्वाटरफाइनलबाट बाहिरियो ।

मंगलबार भएको क्वाटरफाइनलमा हप्स फुटबल क्लबलाई २–१ ले हराउँदै किकस्टार्टले अन्तिम चारमा स्थान बनाएको हो । किकस्टार्टका लागि काभिया पक्किरिसमीले १७ औं मिनेटमा अग्रता दिलाएकी थिइन् । रेणु रानीले ६२ औं मिनेटमा खेल बराबरीमा ल्याइन् । इन्ज्युरी समयमा किओको एलिजबेथले गोल गर्दै किकस्टार्टलाई जित दिलाइन् ।

किकस्टार्टका लागि रेनुका र सरु दुवैले सुरुवाती रोजाइमा खेलेका थिए । ७४ औं मिनेटमा रेनुकाको स्थानमा विजयी गोलकर्ता एलिजाबेथ मैदान प्रवेश गरेकी थिइन् । सरुले भने पूरा ९० मिनेट बिताइन् । यस्तै रेखा पौडेलको टोली स्पोर्ट्स ओडिसा भने इस्टर्न स्पोर्टिङ युनियनसँग टाइब्रेकरमा ४–२ को स्कोरमा पराजित भयो । निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएको थियो ।

६७ औन् मिनेटमा ल्हिंगेदेकिमको गोलमा इस्टर्नले अग्रता लिएको थियो । मनिषा नाईकले ८० औं मिनेटमा बराबरी गोल फर्काइन् । रेखाले ९० मिनेट नै मैदानमा बिताइन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.