default_image

1 year ago

May 19, 2023

वेस्ट ह्याम र फियोरेन्टिना फाइनलमा

140 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेड र इटालियन क्लब फियोरेन्टिना युरोपा कन्फेरेन्स लिगको फाइनलमा प्रवेश गरेका छन् ।

वेस्ट ह्यामले नेदरल्यान्डको एजेट अल्कामारलाई दोस्रो लेगमा १–० ले तथा समग्रमा ३–१ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो । वेस्ट ह्यामले पहिलो लेगमा २–१ को जित निकालेको थियो ।

एएफएएस स्टेडियम अल्कामारमा बिहीबार राति भएको खेलमा वेस्ट ह्यामको जितमा इन्ज्युरी समयमा पाब्लो फोर्नाल्सले गरेको गोल नै निर्णायक बन्यो । उनले इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा गोल गर्न सफल भएका थिए ।

अर्काे सेमिफाइनलमा स्वीस क्लब बसेललाई अतिरिक्त समयमा ३–१ ले तथा समग्रमा ४–३ को जित निकाल्दै फाइनलमा पुग्न सफल भएको हो । पहिलो लेगमा बसेल २–१ ले विजयी भएको थियो ।

सेन्ट जाकोभ पार्क बसेलमा बिहीबार राति भएको खेलमा फियोरेन्टिनाको जितमा निकोलस गोन्जालेजले दुई तथा एन्टोनिन बराकले एक गोल गरे । बसेलका जेकी एमडोउनीले एक गोल फर्काए ।

अब फियोरेन्टिना र वेस्ट ह्याम युनाइटेडबीचको फाइनल ७ जुनमा फोर्टुना एरिनामा हुनेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.