2 years ago
May 19, 2023
एजेन्सी – घरेलु फुटबलमा एउटै क्लबबाट खेल्दै आएकी सरु लिम्बुले भारतीय महिला लिग (आइडब्ल्यूएल) मा एन्जिला तुम्बापो सुब्बाविरुद्ध गोल गरेकी छिन् ।
सरु आबद्ध टोलीले किकस्टार्ट एफसी कर्नाटाकाले शुक्रबार एन्जिला सम्मिलित सेथुलाई २–० ले हराउँदै लिगको फाइनलमा प्रवेश गरेको छ । नेपाली राष्ट्रिय टोलीकी गोलकिपर तथा कप्तान एन्जिला र मिडफिल्डर सरु घरेलु फुटबलमा एपिएफ फुटबल क्लबबाट खेल्दै आएका छन् ।
पहिलो हाफको इन्जुरी समयमा सरुले झन्डै ३० यार्डबाट सानदार गोल गरेकी थिइन् । त्यसअघि ११ औं मिनेटमा किओको इलिजाबेथ काटुङ्वाले गोल गरेकी थिइन् । त्योसँगै सेथुको अपराजित यात्रा टुंगिएको थियो । समूह चरणमा ७ र क्वार्टरफाइनलमा गरि ८ खेलमा पूर्व विजेता समेत रहेको सेथु अपराजित रहेको थियो ।
सरु र राष्ट्रिय टोलीकी अर्की सदस्य रेनुका नरकोटे आई लिगमा पहिलो सहभागितामा नै फाइनल पुगेका छन् । शुक्रबार सरु पहिलो रोजाईमै खेलेकी थिइन् भने रुनुका ७२ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेकी थिइन् ।
सेथुले फाइनलमा गोकुलम केरेला एफसी वा इस्टर्न स्पोर्टिङ युनियनबीचको विजेतासँग खेल्ने छ । गोकुलम र इस्टर्नबीचको दोस्रो सेमिफाइनल जारी छ ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]