default_image

9 months ago

May 21, 2023

सावित्रा आबद्ध गोकुलम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को उत्कृष्ट प्रर्दशनमा गोकुलम केरला एफसीले भारतिय महिला लिग (आइडब्लुएल) को उपाधि जितेको छ । केरलाले आइतबार फाइनलमा किकस्टार एफसीलाई ५-० को फराकिलो अन्तरले हराउँदै उपाधिमा ह्याट्रिक गरेको हो । नेपाली टोलीकै मिडफिल्डरद्धय सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टारलाई हराउन सावित्राले […]

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को उत्कृष्ट प्रर्दशनमा गोकुलम केरला एफसीले भारतिय महिला लिग (आइडब्लुएल) को उपाधि जितेको छ ।

केरलाले आइतबार फाइनलमा किकस्टार एफसीलाई ५-० को फराकिलो अन्तरले हराउँदै उपाधिमा ह्याट्रिक गरेको हो । नेपाली टोलीकै मिडफिल्डरद्धय सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टारलाई हराउन सावित्राले उत्कृष्ट प्रदर्शन गरिन् ।

खेलको पाँचौ मिनेटमा साम्बाको गोलमा गोकुलमले सुरुवाती अग्रता लिएको थियो । मैदानको पेनाल्टी बक्सको केहि बाहिरबाट साम्बाले उत्कृष्ट गोलका साथ १-० को अग्रता दिलाएकी थिइन् । खेलको २२ औं मिनेटमा सन्ध्या रंगनानाथको गोल गर्दै अग्रता दोब्बर पारेकी थिइन् ।

खेलको ३५ औं मिनेटमा किकस्टारकी खेलाडीले पेनाल्टी एरियामा बल ह्यान्ड भएपछि गोकुलमले पेनाल्टी अवसर पाएको थियो । सन्ध्याले पेनाल्टीमा गोल गर्दै ३(० को अग्रता लिएकी थिइन् । पहिलो हाफमा ३-० को अग्रता बनाएको गोकुलमले दोस्रो हाफमा थप दुई गोल गर्दै सानदार जित हात पारेको हो ।

खेलको ५३ औं मिनेटमा साम्बाको क्रसमा सन्ध्याले गोल गर्दै गोकुलमलाई ४-० को फराकिलो अग्रता बनायो। खेलको ८१ औं मिनेटमा साम्बाको क्रसमा रोजादेवीले गोल गर्दै गोकुलमलाई ५-० अवस्थामा पुर्याएकी थिइन् ।

गोकुलमले यसअघि सन् २०१९/२० र २०२१-२२ को सिजन लगातार उपाधि जितेको थियो । २०२०/२१ मा भने कोभिड-१९ को कारण आइडब्लुएल हुन सकेको थिएन । साम्बाले घुँडाको चोटका कारण २०२१/२२ को सिजन गुमाउन पुगेकी थिइन् । सावित्रा लिगमा सर्वाधिक गोलकर्ता बन्दै २९ गोल गरेकी थिइन् ।

February 23, 2024

झापा गोल्ड कपको मुख्य प्रायोजक यती ब्रुअरी

हिमाल खरेल, बिर्तामोड झापा गोल्ड कपको छैटौँ संस्करणका लागि मुख्य प्रायोजकसँग सम्झौता भएको छ । छैटौँ झापा गोल्ड कपलाई यती ब्रुअरीको उत्पादन अर्नाले गर्ने भएको छ । झापाको बिर्तामोडस्थित सहारा नेपाल साकोसको कन्फ्रेन्स हलमा शुक्रबार (आज) पत्रकार सम्मेलन गरेर मुख्य प्रायोजक अर्ना र झापा गोल्ड कपबीच सम्झौतामा हस्ताक्षर तथा आदान–प्रदान भएको हो । झापा गोल्ड […]

February 23, 2024

चाबहिल र एनआरटी फाइनलमा

सुशिल पन्त क्षेत्री ,भरतपुर चाबहिल भेट्रान ललितपुर र एनआरटी एफसी स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिका भिड्ने भएका छन् । शुक्रबार पहिलो सेमिफाइनलमा साविक विजेता फ्रिडम फाइटरलाई हराउँदै चाबहिल भेट्रानले फाइनलमा स्थान बनायो । प्रतिस्पर्धात्मक खेलमा चाबहिलले फ्रिडमलाई ३–२ ले निराश बनायो । त्यसअघि निर्धारित समय २–२ को बराबरीमा सकिएको थियो । […]

February 23, 2024

आयोजक केपी ओली एफसी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उद्दघाटन खेलमा आयोजक केपी ओली एफसी विजयी भएको छ । राष्ट्रिय युवा संघले आयोजना गरेको प्रतियोगितामा एन्फा कम्प्लेक्समा भएको खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेड माथि ३-० को जित हात पारेको हो । खेलको सबै गोल दोस्रो हाफमा आएको थियो । खेलको पहिलो […]

Success

Thank you for your time.