default_image

2 years ago

May 22, 2023

रियल म्याड्रिडको हार, एट्लेटिको विजयी

222 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले हार बेहोर्दा शहरी टोली एट्लेटिको मड्रिडले सहज जित हात पारेको छ ।

१० खेलाडीमा समेटिएको रियल घरेलु टोली भ्यालेन्सियासँग १–० ले पराजित भएको हो । रियललाई स्तब्ध पार्न भ्यालेन्सियाका डिएगो लोपेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

भ्यालेन्सियामा आइतबार राति भएको खेलमा उनले खेलको ३३औं मिनेटमा गोल गर्न सफल भएका थिए । एक गोलले पछि परेको रियलले ७४ प्रतिशत बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

खेलको अन्त्यतिर भने रियल १० खेलाडीमा समेटिन पुग्यो । भिनिसियस जुनियर सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियलको सम्भावना सकियो । यस हारसँगै रियल ३५ खेलबाट ७१ अंक जोडेर तेस्रो स्थानमा झरेको छ । भ्यालेन्सिया ४० अंक जोडेर १३औं स्थानमा छ ।

अर्काे खेलमा एट्लेटिको मड्रिडले ओसासुनालाई ३–० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ । एट्लेटिकोको जितमा यान्निक कारास्को, सहुल निग्वेज र एन्जल कोरेआले गोल गरे ।

यस जितसँगै दोस्रो स्थानमा उक्लिएको एट्लेटिकोको ३५ खेलबाट ७२ अंक पुगेको छ । पराजित ओसासुना ४७ अंक जोडर १०औं स्थानमा छ ।

January 13, 2025

नव जन जागृतीको सर्वसम्मत नयाँ नेतृत्व चयन

सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]

January 13, 2025

आर्मीले बागमतीलाई फेरि हरायो

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]

January 13, 2025

नेपालले किर्गिजस्तानसँग खेल्दै फोर नेसन्सको सुरुवात गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोलीले किर्गिजस्तानसँग खेल्दै फागुनमा आयोजना हुने फोर नेसन्स कपको सुरुवात गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म आयोजना हुने फोर नेसन्सको पहिलो दिनको पहिलो खेल म्यानमार र लेबननबिच हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार जारी गरेको खेल तालिका अनुसार फागुन ८ गते लेबननको […]

Success

Thank you for your time.