default_image

11 months ago

June 1, 2023

खुमलटारलाई हराउँदै मनाङ पाँचौ स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर रोशन राना मगरले इन्ज्युरी समयमा गोल गरेपछि एफसी खुमलटारलाई पराजित गर्दै मनाङ–मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ स्थानमा उक्लन सफल भएको छ । खुमलटारलाई १–० ले पराजित गर्दै मनाङ पाँचौ स्थानमा उक्लन सफल भएको हो । मनाङको जितमा इन्ज्युरी समयमा रोशन राना मगरले गरेको गोल नै निर्णायक बन्यो […]

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर रोशन राना मगरले इन्ज्युरी समयमा गोल गरेपछि एफसी खुमलटारलाई पराजित गर्दै मनाङ–मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ स्थानमा उक्लन सफल भएको छ ।

खुमलटारलाई १–० ले पराजित गर्दै मनाङ पाँचौ स्थानमा उक्लन सफल भएको हो । मनाङको जितमा इन्ज्युरी समयमा रोशन राना मगरले गरेको गोल नै निर्णायक बन्यो । उनले इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलको नवौं मिनेटमा रेजिन सुब्बाको प्रहारलाई मनाङका गोलरक्षक तथा कप्तान दीप कार्कीले डाइभ दिदै बचाए । २०औं मिनेटमा राजीव लोप्चनले वान भर्सेस वानको स्थितिमा गोल गर्न सकेन । उनको प्रहार पहिलो बार च्याप्दै बाहिरियो ।

५५औं मिनेटमा एलन थापा पेनाल्टीमा चुक्दा खुमलटार पनि अग्रता लिनबाट चुक्यो । श्याम मुर्मुलाई रमेश थापाले पेनाल्टी क्षेत्रमा फउल गरेपछि खुमलटारले पेनाल्टीको अवसर पाएको थियो । तर, एलनको पेनाल्टीलाई दीप कार्कीले बचाउ गर्दै मनाङलाई खेलमा कायम राखे ।

५८औं मिनेटमा श्याम वान भर्सस वानमा चुके । ६५औं मिनेटमा गोलरक्षक दीप कार्की अघि बढेको अवस्थामा राजीव लोप्चनको चिप प्रहार क्रस बारमा लागेर फर्कदा खुमलटार अग्रता लिनबाट चुक्यो । क्रसबारमा लागेर फर्किएको बललाई दीपले नियन्त्रणमा लिन सफल भए ।

७४औं मिनेटमा आशिष गुरुङको क्लियरेन्स आफ्नै पोस्टको बारमा लाग्दै फर्कदा मनाङ भाग्यमानी सावित रह्यो । एकपछि अर्काे आक्रमणमा चुकिरहेको खुमलटार इन्ज्युरी समयमा भने गोल खान पुग्यो ।

यस महत्वपूर्ण जितसँगै मनाङ २३ खेलबाट ३१ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित खुमलटारलाई भने रेलिगेसनको खतरा झनै बढेको छ । खुमलाटार २३ खेलबाट २४ अंक जोडेर पुछारमा छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.