2 years ago
June 3, 2023
काठमाडौं हाम्रो खेलकुद) – उपाधि होडको जावलाखेल युथ क्लबलाई पराजित गर्दै ‘बी’ डिभिजनको च्याम्पियन चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिग जित्ने सम्भावना बलियो बनाएको छ ।
लिग अन्तरगत २४औं चरणको खेलमा जावलाखेललाई ३–० ले पराजित गर्दै चर्च ब्वाइजले उपाधि होड बलियो बनाएको हो । चर्च ब्वाइजसँगको हारसँगै जावलाखेल उपाधि होडबाट बाहिरिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा चर्च ब्वाइजको जितमा आशिष चौधरीले दुई तथा अन्जन विष्टले एक गोल गरे ।
प्रतिस्पर्धात्मक खेलको २१औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा कप्तान अनन्त तामाङको हेडरलाई छिरिङ लामाले गोल लाईन नजिकैबाट बचाउदा चर्च ब्वाज्ञ अग्रता लिनबाट चुक्यो ।
३२औं मिनेटमा अन्जन विष्टको पासमा रन्जितसिंह पान्द्रेले दुई डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार पहिलो बार च्याप्दै बाहिरिदा चर्च ब्वाइजले अग्रता लिन सकेन ।
४४औं मिनेटमा अन्जनको पासमा रन्जितको हेडर जावलाखेलका गोलरक्षक ईश्वर गुरुङले दोस्रो प्रयासमा नियन्त्रणमा लिए । पहिलो हाफको ईन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा अन्जनले गोल गर्दै चर्च ब्वाइजलाई १–० को अग्रता दिलाए ।
रन्जितलाई पेनाल्टी बक्समा राहुल राहुलले फउल गरेपछि प्राप्त पेनाल्टीमा अन्जनको प्रहार जावलाखेलका गोलरक्षक ईश्वर गुरुङले बचाएपनि रिवाउण्डमा गोफ गर्न सफल भए ।
६०औं मिनेटमा अन्जन विष्टको पासमा मौसम सुब्बाको प्रहार गोलरक्षकले डाइभ दिदै बचाए । खेलको अन्त्यतिर भने चर्च ब्वाइजले जावलाखेलमाथि लगातार दवाव बढाएर दुई गोल गर्दै जित निकाल्न सफल भयो ।
८८औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई २–० ले अघि बढाए । कमल श्रेष्ठले दिएको क्रसमा आशिषले हेडरमार्फत दर्शनीय गोल गर्दा गोलरक्षक ईश्वर गुरुङले रोक्ने कुनै मौका नै पाएन ।
इन्ज्युरी मियको थप गरिएको दोस्रो मिनेटमा आशिषले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै चर्च ब्वाइजको जित पक्का गरे ।
एरिक विष्टको कर्नर जावलाखेलका डिफेन्डरलाई लाग्दै गोलतर्फ अघि बढ्दा गोलरक्षक ईश्वरले बचाएपनि रिवाउन्डमा आशिषले गोल गर्न सफल भए । जावलाखेलले केही मुभ सिर्जना गरेपनि चर्च ब्वाइजको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो ।
यस जितसँगै शीर्षस्थानमा रहेको चर्च ब्वाइजको २४ खेलबाट ४४ अंक पुगेको छ । लिगमा अब दुई चरणको खेल बाँकी रहँदा चर्च ब्वाइजले शीर्षस्थानमा ५ अंकको अग्रता बनाएको छ ।
एक खेल कम खेलेको मछिन्द्रको ३९ अंक छ । चर्च ब्वाइजसँगको हारसँगै जावलाखेल उपाधि होडबाट बाहिरिएको छ । अब लिगमा दुई चरणको दुवै खेल जितेपनि जावलाखेललाई लिग जित्न पर्याप्त हुने छैन । पराजित जावलाखेल ८ अंकले पछि छ । जावलाखेलको २४ खेलबाट ३७ अंक छ ।
January 13, 2025
सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोलीले किर्गिजस्तानसँग खेल्दै फागुनमा आयोजना हुने फोर नेसन्स कपको सुरुवात गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म आयोजना हुने फोर नेसन्सको पहिलो दिनको पहिलो खेल म्यानमार र लेबननबिच हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार जारी गरेको खेल तालिका अनुसार फागुन ८ गते लेबननको […]