default_image

1 year ago

June 3, 2023

म्यानचेस्टर सिटी एफए कप च्याम्पियन

213 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन बनेको छ । प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर डर्वीमा म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै सिटी एफए कपको च्याम्पियन बनेको हो ।

सिटीलाई एफए कपको च्याम्पियन बनाउन इल्केए गुन्डोगानले दुई गोल गरे । युनाइटेडका ब्रुनो फर्नान्डेसले एक गोल फर्काए ।वेम्वली स्टेडियम लन्डनमा शनिबार राति भएको खेलको पहिलो मिनेटमा नै इल्केए गुन्डोगानको गोलबाट सिटीले १–० को अग्रता लिन सफल भएको थियो । उनले बेभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भएका थिए ।

३३औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । आरोन वान विशाखाको हेडरलाइै ज्याक ग्रेलिसले ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा युनाइटेडलाई पेनाल्टी प्रदान गर्दा ब्रुनो चुकेन ।

५१औं मिनेटमा गुन्डोगानले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । उनले केभिन डि ब्रुएनाकै पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुँदै च्याम्पियन बन्न सफल भयो ।

सिटीको यो सिजनको दोस्रो उपाधि हो । यसअघि सिटीले प्रिमियर लिगको उपाधि जितिसकेको छ । अब सिटीलाई यो सिजन ट्रेवल उपाधि जित्ने सम्भावना बढेको छ । सिटीले १० जुनमा युइएफए च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्दैछ ।

इन्टर मिलानलाई हराउन सके सिटीले ट्रेवल उपाधि जित्ने छ । सिटीसँगको हारसँगै युनाइटेड सिजनको दोस्रो उपाधि जित्नबाट वञ्चित बन्यो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.