default_image

2 years ago

June 4, 2023

लाइप्जिग डिएफवी पोकल च्याम्पियन

139 views

0 Bookmark

एजेन्सी – आरबी लाइप्जिग लगातार दाेस्राे सिजन जर्मन डिएफवी पोकलको च्याम्पियन बनेको छ । जर्मन बुन्डेसलिगा प्रतिद्धन्द्धी फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै लाइप्जिगले उपाधि जित्न सफल भएको हो ।

लाइप्जिगलाई च्याम्पियन बनाउन क्रिस्टोफर एनकुन्कु र डोमिनिक जोबोस्लाईले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको ७१औं मिनेटमा क्रिस्टोफर एनकुन्कुले गोल गर्दै लाइप्जिगलाई १–० को अग्रता दिलाए । उनले डानी ओल्मोको पासमा गोल गर्न सफल भए ।

८५औं मिनेटमा डोकिनिकले गोल गर्दै लाइप्जिगको अग्रता दोब्बर पारे । डोमिनिकले एनकुन्कुको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा लाइप्जिग च्याम्पियन बन्न सफल भयो ।

लाइप्जिग लगातार दोस्रो सिजन डिएफवी पोकल च्याम्पियन बन्न सफल भएको हो । लाइप्जिग चारपटक फाइनल प्रवेश गर्दा दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो । लाइप्जिगले गत सिजन फ्रेइवर्गलाई पराजित गर्दै पहिलोपटक डिएफवी पोकलको उपाधि जितेका थिए ।

त्यो भन्दा एक संस्करणअघि लाइप्जिग बोरुसिया डर्टमुन्डसँग तथा २०१८–१९ को सिजनमा बायर्न म्युनिखसँग पराजित हुँदै उपाधि विमुख बनेको थियो ।

January 12, 2025

सिक्किममा झापा ११ को विजयी सुरुवात

हिमाल खरेल ,बिर्तामोड‌ झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]

January 12, 2025

फर्साटिकर कपको सेमिफाइनल समीकरण पूरा

सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

Success

Thank you for your time.