default_image

1 year ago

June 6, 2023

साउदीको शीर्ष ४ क्लबमा लगानी कोषको स्वामित्व

640 views

0 Bookmark

एजेन्सी – साउदी अरबको शीर्ष ४ क्लबमा देशको सार्वजनिक लगानी कोष (पब्लिक इन्भेस्टमेन्ट फन्ड – पीआइएफ) को स्वामित्व रहने भएको छ ।

यस सिजन साउदी प्रो लिगको शीर्ष तीन टोली अल इतिहाद, अल नासर र अल हिलालसँगै दोस्रो श्रेणीको च्याम्पियन अल आहली अब लगानी कोषको नियन्त्रणमा चल्ने भएका छन् । कोषले यसअघि प्रिमियर लिग क्लब न्युकासल युनाइटेडमा पनि लगानी गरेको थियो ।

पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो अल नासरबाट खेल्दै आएका छन् । त्यस्तै अल इतिहादले यसै साता रियल म्याड्रिड छाडेका फरवार्ड करीम बेन्जेमालाई अनुबन्ध गर्ने तयारी गरेको छ । अल हिलालले यसअघि नै मेस्सीलाई अनुबन्ध गर्ने चाहना देखाउँदै आएको छ ।

कोषले एक विज्ञप्ति जारी गर्दै सबै क्लबहरु अब संस्थामा परिणत हुने र कोषसँगै क्लबको गैरनाफामुलक फाउन्डेसनको संयुक्त स्वामित्वमा रहनेछ । यसमा कोषको ७५ प्रतिशत र फाउन्डेसनको २५ प्रतिशत शेयर रहनेछ ।

कोषले व्यापारिक सम्भावना बढाउन र अन्य खेलमा पनि लगानी, साझेदारी र प्रायोजन भित्र्याउन यो कदम चालेको बताएको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.