default_image

2 years ago

June 8, 2023

वेस्ट ह्याम युरोपा कन्फ्रेस लिग च्याम्पियन

346 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेड युरोपा कन्फ्रेन्स लिगको च्याम्पियन बनेको छ । इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै वेस्ट ह्याम दोस्रो सिजनको कन्फ्रेन्स लिगको च्याम्पियन बनेको हो ।

पहिलो संस्करणमा फियोनुर्डलाई पराजित गर्दै इटालीको रोमा च्याम्पियन बनेको थियो । फोर्टुना एरिना प्राहा चेक रिपब्लिकमा बुधबार राति भएको खेलका वेस्ट ह्यामलाई च्याम्पियन बनाउन सेड बेनरहमा र जरोड बोवेनले गोल गरे । फियोरेन्टिनाका जियोकोमो बोनोभेन्चुराले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिदा तीनै गोल दोस्रो हाफमा भएका थियो । ६२औं मिनेटमा सेड बेनरहमाले पेनाल्टीमा गोल गर्दै वेस्ट ह्यामलाई १–० को अग्रता दिलाए ।

पेनाल्टी बक्समा क्रिष्टियानो विरागीले हातले बल छोएको भन्दै वेस्ट ह्यामले लामो अपिल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै पेनाल्टी प्रदान गर्दा बेनरहमा चुकेनन् । तर, वेस्ट ह्यामको त्यो अग्रता लामो समय टिकेन ।

६७औं मिनेटमा जियाकोमो बोनोभेन्चुराले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले निकोलस गोन्जालेसको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि खेल अतिरिक्त समयतर्फ लम्बदै गर्दा जरोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई च्याम्पियन बनाए । उनले लुकास पाक्वेटाको पासमा गोल गर्न सफल भएका थिए ।

January 21, 2025

अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फाइनल – चर्च ब्वाइज र झापा ११ खेल्दै

हिमाल खरेल, बिर्तामोड नेपालका दुई क्लबबिच भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा आज प्रतिस्पर्धा हुँदैछ । सिक्किमको जोरथाङ रंगशालामा आज दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसी खेल्दैछन् । क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई […]

January 21, 2025

चेल्सी चौथो स्थानमा उक्लियो

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमवार जित हासिल गरेको छ । चेल्सीले वुल्भ्सलाई ३-१ ले हराएको थियो। चेल्सीका लागि टोसिन अदाराबिओयो, मार्क कुकुरेया , नोनी मडुकेले समान १ गोल गरे । वुल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए । २४ औं‌ मिनेटमा अदाराबिओयोको गोलबाट चेल्सीले अग्रता लियो। पहिलो हाफको इन्ज्युरी समयमा डोहर्टीले गोल फर्काए। कुकुरेयाको […]

January 20, 2025

एपिएफसँग पुलिस फेरि पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको सातौं खेलमा पनि एपिएफ फुटबल क्लबले विजय यात्रालाई जारी राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा शीर्ष टोली एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ २-० ले हराएको छ। एपिएफका लागि रश्मि‌कुमारी घिसिङ र अनिता केसीले गोल गरे। दुवै गोल हेडमा भएको थियो। दुवै गोलमा […]

Success

Thank you for your time.