default_image

1 year ago

June 10, 2023

फरवार्ड सावित्रा भण्डारी सम्मानित

147 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखराको मदरल्याण्ड विद्यालयले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी (सम्बा) लाई नगदसहित सम्मान गरेको छ ।

भण्डारीलाई पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँ, विद्यालयका निर्देशक डा त्रिभुन बराल, प्रिन्सिपल नारायण बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले नगद २५ हजार, सम्मानपत्र र दोसलाले सम्मानीत गरे ।

२६ वर्षीय सावित्रा लमजुङमा जन्मिएकी थिइन् । २०७० सालबाट फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् । सन २०१४ मा सम्पन्न साफ च्याम्पियनसिपमा उनले देशको प्रतिनिधित्व गदै पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाइन् । त्यसपछि हालसम्म गरि उनले देशको प्रतिनिधत्व गदै एक दर्जन अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाइसकेकी छिन् । उनको योगदानको कदर गर्दै विद्यालयले सम्मान गरेको विद्यालयका प्रिन्सिपल नारायण बरालले बताए ।

भण्डारीले आफ्नो फुटबल अभ्यासको कठोर सङ्घर्षमय अतीत सम्झँदै असम्भव केही नभएको र भविष्यको सम्भावना आफैँले खोज्नुपर्ने बताइन् । विद्यालयले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै आफु खेलकुदमा लागिरहने बताइन् ।

मदरल्याण्ड विद्यालयको आयोजनामा शनिबार देखी भर्खरै एसईई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको प्रदेश स्तरीय फुटसल प्रतियोगिताको पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँले उद्घाटन गरे ।

बानियाँले रेफ्री फुटबल सघं कास्कीका अध्यक्ष सुशील केसीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे । उनले विद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक एवम् सहकार्यकलाप अन्तर्गत ऐतिहासिक उपलब्धिहरू हासिल गरी राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयका रूपमा स्थापित हुन सफल भएकामा प्रशंसा गरे । बानियाँले एसईई दिएर बसेका विद्यार्थीहरूको खाली समयको सदुपयोग गरेर विद्यालयले प्रदेश स्तरीय फुटसल प्रतियोगिता राखेकामा खुसी व्यक्त गरे ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा गण्डकी प्रदेशभरिबाट ६६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ३० हजार, २० हजार र १० हजारका साथ मेडल, सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । विद्यालयका निर्देशक त्रिभुवन शर्माको सभापतित्वमा सम्पन्न समुद्घाटन कार्यव्रmमको सञ्चालन विद्यालयका अङ्ग्रेजी विभागीय प्रमुख तथा करियर परामर्शदाता बामनकुमार घिमिरेले गरेका थिए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.