default_image

1 year ago

June 10, 2023

मध्यपुर युथ एसोसिएसनको ग्रासरुट फुटबल प्रशिक्षण सुरु

113 views

0 Bookmark

भक्तपुर ( हाम्रो खेलकुद)- मध्यपुर युथ एसोसिएसनले आयोजना गरेको ग्रासरुट फुटबल अभियान उद्घाटन गरिएको छ ।

मध्यपुर थिमीस्थित एसोसिएनको कार्यालयमा शनिबार आयोजित एक कार्यक्रममाबिच मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले अभियानको उद्घाटन गरे।

एसोसिएसनका अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले यो अभियान अन्तर्गत सुरुवातमा साप्ताहिक रुपमा आधारभुत फुटबल प्रशिक्षण दिने, लिग प्रतियोगिता सञ्चालन गर्ने र क्षमतावान खेलाडीलाई एकेडेमीमै राखेर थप प्रशिक्षणको ब्यवस्था मिलाइने जानकारी दिए ।

अहिले साप्ताहिक रुपमा हरेक शनिबार डेढ घण्टाका दरले फुटबल सिकाइने र अहिले ६ देखि १३ वर्षसम्मका १सय १० जना बालबालिका रहेको एसोसिएसनले जनाएको छ ।

उनीहरुलाई उपेन्द्रमान सिंह, लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जन, राष्ट्रिय टोलीका पूर्वकप्तान राकेश श्रेष्ठ, राष्ट्रिय टोलीका पूर्व रक्षक तथा प्रशिक्षक राजेश मानन्धरसहित थप १२ जना प्रशिक्षकले प्रशिक्षण दिनेछन्।

प्रशिक्षण वर्षभरी नै सञ्चालन गर्ने लक्ष्य रहे पनि बर्षाका कारण २ महिना सञ्चालन गर्न कठिनाइ हुने देखिएको अध्यक्ष सिंहले बताए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.