default_image

1 year ago

June 10, 2023

चाइनिज ताइपेईंसँग पनि नेपालको हार

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एफसी महिला यू–२० एसियन कप छनोटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।शनिबार भएको खेलमा चाइनिज ताइपेईंसँग ५–० को भारी अन्तरले पराजित हुँदै छनोटमा नेपाल लगातार तेस्रो हार बेहोरेको हो ।

यसअघि नेपालले चीन र घरेलु टोली म्यानमारसँग समान ५–० कै हार बेहोरेको थियो । लगातार तेस्रो हारसँगै नेपाल छनोटको समूह चरणबाटै बाहिरिएको छ ।

नेपालले छनोटमा ३ खेलबाट जित र अंकविहीन हुँदै पुछारमा रह्यो । नेपाल रहेको समूह ‘बी’ बाट चीन र चाइनिज ताइपेईं यू–२० महिला एसियन कपमा छनोट भएको छ । अर्काे समूह ‘ए’ बाट अष्ट्रेलिया र भियतनामले एसियन कपमा स्थान बनाएको छ ।

आयोजक उज्वेकिस्तान, जापान, उत्तर कोरिया र दक्षिण कोरिया छनोट भइसकेका छन् । यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुँदैछ ।

थुवुना स्टेडियम याङअन म्यानमारमा शनिबार भएको खेलमा चाइनिज ताइपेईंको जितमा हि जिया सियुएनले दुई तथा लिउ यु चियाओ, लाई यु चि र सिन यि चिङले समान एक गोल गरिन् । सबै पाँच गोल दोस्रो हाफमा भएको थियो ।

खेलको नवौं मिनेटमा लिउ यु चियाओले गोल गर्दै चाइनिज ताइपेईलाई अग्रता दिलाईन् । २०औं मिनेटमा लाई यु चिले गोल गर्दै ताइपेईंको अग्रता दोब्बर पारिन् । ३६औं मिनेटमा सिन यि चिङले गोल गरेपछि ताइपेई खेलमा ३–० ले अघि बढ्यो ।

त्यसपछिको दुवै गोल हि जिया सियुएनको नाममा रह्यो । उनले खेलको ४१औं र ४५औं मिनेटमा गोल गरिन् । पहिलो हाफमा ५ गोल खाएको नेपालले दोस्रो हाफमा भने प्रदर्शन सुधार गर्दै थप गोल हुन दिएन ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.