2 years ago
June 11, 2023
एजेन्सी – म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिग उपाधिको लामो प्रतीक्षा अन्त्य गरेसँगै विश्व फुटबलमा निकै कठिन मानिने ‘ट्रेबल’ सफलता पनि हासिल गरेको छ । एकै सिजनमा तीन उपाधि जित्ने कठिन उपलब्धि हासिल गर्ने क्रममा सिटीले इन्टर मिलानलाई च्याम्पियन्स लिगको फाइनलमा हराएको हो ।
यसअघि छिमेकी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई हराउँदै एफए कप जितेको सिटीले प्रिमियर लिगमा आर्सनलको कडा चुनौतीलाई पछि पारेको थियो । यसअघि पनि घरेलु प्रतियोगितामा वर्चस्व जमाएको सिटीले च्याम्पियन्स लिगमा सोचेजस्तो नतिजा निकाल्न सकेको थिएन । तर शनिबार फाइनलमा सिटीले अपेक्षित प्रदर्शन नगरेपनि नतिजा हासिल गर्यो ।
स्पेनिस मिडफिल्डर रोड्रीले ६८ औं मिनेटमा गरेको गोल नै सिटीको जितमा निर्णायक सावित भयो । उनले रिबाउन्डमा आएको बलमा गरेको शक्तिशाली प्रहार इन्टरको डिफेन्स लाइन र गोलरक्षक बिट गर्न सफल भएको थियो ।
सिटीको उपाधिसँगै प्रशिक्षक पेप गुआर्डीओलाले पनि आफूलाई विश्वकै सर्वाधिक सफल मध्यको प्रशिक्षकमा स्थापित गरे । उनले बार्सिलोनामा जितेको दुई च्याम्पियन्स लिग उपाधिमा अर्को पंक्ति थपे । तर उनलाई दोस्रो बाट तेस्रो उपाधि जित्न १२ वर्ष लाग्यो ।
गुआर्डीओला सर एलेक्स फर्गुसनपछि प्रिमियर लिग टोलीलाई ट्रेबल जिताउने प्रशिक्षक पनि बने । यसअघि फर्गुसनले म्यानचेस्टर युनाइटेडलाई सन् १९९८/९९ सिजनमा यो उपलब्धि दिलाएका थिए । युरोपमा पछिल्लो पटक इन्टर मिलानले यो उपलब्धि सन् २०१० मा हासिल गरेको थियो ।
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको युवा टोलीबाट चीनको युनानविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने क्रममा चोट बोक्न पुगेका मिडफिल्डर आशिष राईको शल्यक्रिया सम्पन्न भएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा विपक्षी खेलाडीको ट्याकलमा आशिषको देब्रे खुट्टा भाँचिएको थियो । गम्भीर प्रकृतिको चोट बोकेका उनको आइतबार नै शल्यक्रिया गरिएको हो । ललितपुरको बि एण्ड बि अस्पतालमा वरिष्ठ अर्थोपेडिक […]
February 16, 2025
सुमन अधिकारी, बुटवल आयोजक लखन ब्रदर्श युथ क्लब सेतो बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व जारी प्रतियोगिताको आइतवार पहिलो सेमिफाइनलमा सम्पूर्ण युवा क्लब सुपौलीलाई ४-० ले पराजित गर्दै लखन सेतो फाइनलमा प्रवेश गरेको हो । सिद्धेश्वर खेलमैदानमा भएको खेलको ५५ औं मिनेटमा आयोजक सेतोका कप्तान […]
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली बुटवल लुम्बिनी एफसीले निराजन धामी र सरोज तामाङलाई रिटेन गरेको जनाएको छ। निराजन र सरोज दुवै ‘बी’ क्याटगोरीका खेलाडी हुन्। बुटवल लुम्बिनीले जारी गरेको विज्ञप्तिमा प्रतिभाशाली युवा खेलाडी निराजन गत सिजन टोलीको महत्वपूर्ण सदस्यको रुपमा रहेको कारण उनी बाट तेस्रो सिजनमा थप अपेक्षा सहित रिटेन […]