default_image

3 years ago

June 11, 2023

थ्री स्टारले विना भिसा विदेशी खेलाडी खेलाएको भन्दै एपिएफद्वारा उजुरी

522 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७९ को अन्तिम खेलमा थ्री स्टार क्लबले जावलाखेललाई पराजित गर्दा भिसा नभएका विदेशी खेलाडी खेलाएको भन्दै नेपाल एपिएफ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) मा उजुरी गरेको छ ।

एपिएफले आइतबार थ्री स्टारका दुई विदेशी खेलाडी पिटर सेगुन र अजायी मार्टिन्सले भिसा नभएको अवस्थामा खेल खेलेको भन्दै उजुरी दायर गरेको हो । थ्री स्टारले अन्तिम खेलमा जावलाखेललाई १-० ले हराएपछि एपिएफ रेलिगेसनमा परेको थियो ।

एपिएफले पत्रमा लेखेको छ ‘थ्रीस्टार क्लब र जाउलाखेल युथ क्लबको खेलमा थ्रीस्टार क्लबबाट सहभागी भएका जर्सी नं. ४५ का मार्टिन्स कायोडे अजायी र जर्सी नं. २४ का सेगुन पिटर खेलाडीहरु बिना भिसा खेल खेलेको प्रमाण पाईएको हुँदा सहिद स्मारक “ए” डिभिजन लीग फुटबल प्रतियोगिता – २०७९ को प्रतियोगिता नियमावली अन्तरगत बुदा नं. ७ को दफा ३ मा उल्लेखित विदेशी खेलाडीहरुको हकमा श्रम स्वीकृती अनिवार्य लिइ भिसाको अवधि कायम हुनु पर्ने प्रावधान रहेकोमा उक्त दिनको खेलमा निज खेलाडीहरु बिना भिषा खेलेको पाईएको साथै मार्टिन्सले मिति २०७०/०२/२३ गते समेत बिना भिषा चर्च ब्वाईज युनाईटेड क्लब विरुद्ध खेलेको स-प्रमाण अध्यागमन विभागको मिति २०६०/०२/२८ गते चलानी नं १५८८ को पत्रानुसार मार्टिन्सको मिति २०८०/०२/१७ गते र सेगुनको मिति २०८०/०२/२३ गते भिसा अवधि समाप्त भएको प्रमाण पाना-४ (चार) संलग्न राखिएको छ ।’

एपिएफले उजुरीसँगै दुई खेलाडीको भिसा अवधि नभएको अध्यागमन विभागको पत्रहरु तथा फिफा र एएफसीलाई पनि यसबारे जानकारी गराउने बताएको छ ।

लिगको नियम अनुसार खेलाडी दर्ता गर्दा विदेशी खेलाडीको श्रम स्वीकृति र भिसा कायम भएको हुनुपर्ने नियम छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.