default_image

9 months ago

June 12, 2023

उरुग्वे यू२० विश्वकप च्याम्पियन

एजेन्सी – दक्षिण अमेरिकी राष्ट्र उरुग्वे यू२० विश्वकपको च्याम्पियन बनेको छ । इटालीको युवा टोलीमाथि १–० को जित निकाल्दै उरुग्वेको युवा टोली यू२० विश्वकपको च्याम्पियन बन्न सफल भएको हो । अर्जेन्टिनमा आइतबार राति भएको खेलमा उरुग्वेलाई च्याम्पियन बनाउन खेलको अन्त्यतिर लुसियानो रोड्रिग्वेजले गरेको गोल नै निर्णायक बन्यो । उनले ८६औं मिनेटमा गोल गर्न सफल भएका […]

148 views

0 Bookmark

एजेन्सी – दक्षिण अमेरिकी राष्ट्र उरुग्वे यू२० विश्वकपको च्याम्पियन बनेको छ । इटालीको युवा टोलीमाथि १–० को जित निकाल्दै उरुग्वेको युवा टोली यू२० विश्वकपको च्याम्पियन बन्न सफल भएको हो ।

अर्जेन्टिनमा आइतबार राति भएको खेलमा उरुग्वेलाई च्याम्पियन बनाउन खेलको अन्त्यतिर लुसियानो रोड्रिग्वेजले गरेको गोल नै निर्णायक बन्यो । उनले ८६औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको दुवै टोलीले गोलका केही सुवर्ण अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेलको अन्त्यतिर लुसियानोको गोल नै उरुग्वेलाई च्याम्पियन बन्न पर्याप्त रह्यो ।

तीनपल्ट फाइनल खेल्दा उरुग्वे पहिलो पटक च्याम्पियन बन्न सफल भएको हो । यसअघि उरुग्वे १९९७ र २०१३ मा उपविजेता बनेको थियो । उरुग्वे १९९७ मा अर्जेन्टिना र २०१३ मा फ्रान्ससँग फाइनलमा पराजित भएको थियो । दक्षिण कोरियालाई ३–१ ले पराजित गर्दै इजरायल तेस्रो भएको छ ।

इटालीका सिसर कासाडेइ विश्वकपको सर्वाधिक गोलकर्ता भए । उनले विश्वकप भर कुल ७ गोल गर्न सफल भएका थिए ।

२० मेबाट सुरु भएको विश्वकपमा ६ महादेशका २४ राष्ट्रको सहभागिता रहेको थियो । सहभागी राष्ट्रलाई ६ समूहमा विभाजन गरी अर्जेन्टिनाको चार शहरमा खेलाइएको थियो ।

February 22, 2024

लिभरपुलको सानदार जित

एजेन्सी- लिभरपुलले इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ। लिभरपुलले बुधबार लुटन टाउनलाई ४–१ गोलले हराएको हो । लिभरपुलका लागि भर्जिल भान डाइक, कोडी गाक्पो, लुइस डियाज र हार्भे इलियटले गोल गरे । खेलमा अग्रता भने लुटनले‌ लिएको थियो। चियोडोजी ओग्बेनेले १२औं मिनेटमा गोल गरेका थिए। भान डाइकले ५६ औं मिनेटमा बराबरी गोल फर्काएका थिए। गाक्पोले ५८औं […]

February 22, 2024

बार्सिलोना बराबरीमा‌ रोकियो

एजेन्सी- बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बराबरी रोकिएको छ। बुधबार बार्सिलोना र नेपोलीले १–१ को बराबरी खेलेका हुन् । नेपल्समा भएको खेलमा बार्सिलोनाले रोबर्ट लेवान्डोस्कीको गोलमा ७० औं अग्रता लिएको थियो । त्यसपछि ५ मिनेटपछि नेपोलीका लागि भिक्टर ओसिमहेनले बराबरी गोल फर्काएका थिए । अर्को अन्तिम १६ को पहिलो पोर्टोले आर्सनललाई १-० ले हराएको […]

February 22, 2024

पोर्टोसँग आर्सनलको हार

एजेन्सी- इंग्लिस प्रिमियर लिग टोली आर्सनल च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ। बुधबार पोर्टोले आर्सनललाई १-० ले हराएको हो ।इन्ज्युरी समयको चौथो मिनेटमा गालेनोले गोल गरेपछि पोर्टोको जित सम्भाव भएको हो । अन्तिम समयमा सम्हालिन नसक्दा आर्सनलले हार बेहोरेको छ। बराबरीतर्फ उन्मुख खेलमा ब्राजिलियन खेलाडीले उत्कृष्ट गोल गरेका हुन् । खेलमा दबाब […]

Success

Thank you for your time.