default_image

2 years ago

June 13, 2023

अष्ट्रेलियामा युनाइटेड एफसीलाई उपाधि, सन्तोष तामाङ सर्वोत्कृष्ट

535 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युनाइटेड एफसी मेलबर्नले नोबेल ७-ए साइड फुटबल प्रतियोगिता २०२३ को उपाधि जितेको छ ।

फाइनलमा क्रेगबर्न ब्रिगेड एससीलाई ३-२ ले पराजित गर्दै आयोजक युनाइटेड एफसी च्याम्पियन बनेको हो । उपाधिसँगै टोलीले ३ हजार ५ सय अष्ट्रेलियन डलर पुरस्कार पायो । मेलबर्नस्थित एलिट फुटबल ट्रेनिङ फ्यासिलिटीजमा युनाइटेड एफसीको जितमा सुनिल बल, साजन थापा मगर र विश्व गुरुङले १-१ गोल गरे ।

उपविजेता क्रेगबर्नका प्रज्वलले गोल गर्दा अर्को गोल आत्मघाती भएको थियो । टोलीले २ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी च्याम्पियन युनाइटेड एफसीका मिडफिल्डर सन्तोष तामाङ भए । विजेता टोलीका सुनिल बल म्यान अफ द फाइनल तथा साजन थापा मगर उत्कृष्ट गोलरक्षक चुनिए । उपविजेता क्रेगबर्नका रौनक श्रेष्ठ उत्कृष्ट गोलरक्षक बने ।

त्यसैगरी ३५ वर्ष माथिको उमेर समूहतर्फ क्रेगबर्न ब्रिगेडले हिमालयन एफसीलाई ६-२ ले पराजित गर्यो । अर्जुन लामाको उच्च प्रदर्शनमा क्रेगबर्न भेट्रानतर्फ च्याम्पियन बनेको थियो ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.