default_image

1 year ago

June 13, 2023

सावित्राले युरोपेली लिग खेल्ने!

263 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार सावित्रा भण्डारीले युरोपेली क्लबबाट खेल्ने भएकी छिन्

सावित्राले आगामी सिजनमा लागि इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानासँग सम्झौता गरेकी हुन् । क्लबले मंगलबार नै सामाजिक संजालमार्फत उनलाई अनुबन्ध गरेको पक्का गरेको छ ।

सावित्राले आफ्नो लामो समयदेखिको युरोप खेल्ने सपना पूरा हुन लागेको हाम्रो खेलकुदलाई बताइन् । ‘मेरो लामो समयदेखिको सपना पूरा हुन आँटेको छ । मलाई लाग्छ यो मेरो करिअरको अर्को खुड्किलो हो । यो अवसरलाई सक्दो सदुपयोग गर्नेछु,’ उनले भनिन् ।

भारतीय शीर्ष डिभिजन लिगमा तहल्का मच्चाएपछि उनको चर्चा थप चुलिएको थियो । सावित्राले १० खेलमा २९ गोल गर्दै गोकुलम करालालाई लगातार उपाधि दिलाएकी थिइन् । नेपालको घरेलु फुटबलमा एकछत्र राज गरेकी उनले पहिलो पटक एसियाबाहिर खेल्न लागेकी हुन् । उनले यसअघि मालदिभ्समा पनि खेलिसकेकी छिन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.