default_image

1 year ago

June 14, 2023

बेलिङहम रियल म्याड्रिडमा अनुबन्धित

82 views

0 Bookmark

एजेन्सी – इंग्लिस युवा मिडफिल्डर जुड बेलिङहम स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्धित भएका छन् । रियल म्याड्रिडले बेलिङहमलाई जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८८.५ मिलियन पाउन्डमा ६ वर्षका लागि अनुबन्ध गरेको हो ।

यससँगै उनी २०२९ को समर सिजनसम्म रियल म्याड्रिडमा रहनेछ । युरोपका केही शीर्ष टोलीसँग जोडिएका बेलिङहमले म्याड्रिड रोजेका हुन् । उनलाई क्लबले बिहीबार सान्टियागो बर्नबेउमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

१९ वर्षीय बेलिङहमको लागि रियलले ८८.५ मिलियन पाउन्डसँगै थप एड अन प्राप्त भएमा उनको सम्झौता ११५ मिलियन पाउन्ड पुग्नेछ ।

रियलमा अनुबन्ध भएसँगै बेलिङहम ज्याक ग्रेलिस पछि इंग्ल्यान्डको सबैभन्दा दोस्रो महँगो खेलाडी बनेका छन् । ग्रेलिसको लागि म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई सन् २०२१ मा १०० मिलियन पाउन्ड तिरेको थियो ।

यस्तै बेलिङहम रियलको दोस्रो महँगा खेलाडी बनेका छन् । रियलले सन् २०१९ मा इंग्लिस क्लब चेल्सीबाट बेल्जियन कप्तान इडेन हाजार्डको ११५ मिटर युरो खर्चिएको थियो । यस्तै बेलिङहम इतिहासकै तेस्रो महँगो युवा खेलाडी बनेका छन् ।

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सन् २०१८ मा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेका लागि मोनाकोलाई १८० मिलियन युरो खर्चदा २०१९ मा बेन्फिकाबाट जोआओ फेलिक्सलाई अनुबन्ध गर्न एट्लेटिको मड्रिडले १२६ मिलियन युरो खर्च गरेको थियो।

यससँगै रियलको मिडफिल्डको ट्रिओ पुस्तान्तरण हुने भएको छ । यसअघि लुका मोड्रिच, टोनी क्रुस र क्यासमिरोको ट्रिओ रहेको रियलको अब एडुआर्डाे कामाभिंगा, ओरेलिएन चुआमेनी र बेलिङहमको ट्रिओ बन्नेछ । क्यासमिरोले गत सिजन नै रियलबाट बिदाइ लिइसकेका छन् । मोड्रिच र क्रुसले अझै रियलमै रहने छन् ।

सन् २०२० को जुलाईमा बर्मिङहम सिटीबाट डर्टमुन्डमा आबद्ध भएका १९ वर्षीय बेलिङहमले गत वर्षको विश्वकपमा इङ्ल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

बर्मिङहमले बेलिङहमलाई २५ मिलियन पाउन्डमा डर्टमुन्डमा बेचेको थियो । १७ वर्षीय उनी त्यसबेला फुटबलको इतिहासमा सबैभन्दा महँगा युवा खेलाडी बनेका थिए ।

उनले डर्टमुन्डमा उत्कृष्ट प्रदर्शन गरे र गत अक्टोबरमा १९ वर्षको उमेरमा क्लबको सबैभन्दा कान्छो कप्तान बनेर इतिहास रचेका थिए ।

बेलिङहमले डर्टमुन्डका लागि यो सिजन ४२ खेलमा १४ गोलसँगै ७ असिस्ट प्रदान गरेका छन् । डर्टमुन्डमा तीन सिजन बिताउँदा बेलिङहमले १३२ खेलमा २४ गोल गरेका छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.