default_image

1 year ago

June 15, 2023

क्रोएसिया नेसन्स लिगको फाइनलमा

188 views

0 Bookmark

एजेन्सी – अतिरिक्त समयमा दुई गोल थपेपछि नेदरल्यान्ड्समाथि रोमाञ्चक जित निकाल्दै क्रोएसिया युइएफए नेसन्स लिग ए च्याम्पियन्ससिपको फाइनलमा प्रवेश गरेको छ ।

अतिरिक्त समयमा ४–२ को रोमाञ्चक जित निकाल्दै क्रोएसिया फाइलमा प्रवेश गरेको हो । क्रोएसियाको रोमाञ्चक जितमा एन्डरेज क्रामारिच, मारियो पासालिस, ब्रुनो पेटकोभिच र कप्तान लुका मोड्रिचले गोल गरे । डच टोलीका डोनेल मालेन र नोआ लाङले गोल फर्काए ।

स्टेडियम फेइजेनुर्ड रोटरडम नेदरल्यान्ड्समा बुधबार राति भएको खेलमा सुरुवाती अग्रता लिएपनि घरेलु टोलीले त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो । प्रतिस्पर्धात्मक खेलको ३४औ मिनेटमा मालेनको गोलबाट डच टोली पहिलो हाफमा १–० ले अघि बढेको थियो । उनले माट्स वेइफेरको पासमा गोल गर्न सफल भएका थिए ।

५५औं मिनेटमा एन्डरेज क्रामारिचले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउँदै क्रोएसियालाई खेलमा फर्काए । ७२औं मिनेटमा मारियो पासालिसले गोल गर्दै खेलमा क्रोएसियालाई २–१ को अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा नोआ लाङले गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याए ।

अतिरिक्त समय भने क्रोएसियाको पक्षमा रह्यो । ९८औं मिनेटमा ब्रुनो पेटकोभिचले गोल गर्दै क्रोएसियालाई ३–२ को अग्रता दिलाए । उनले कप्तान मोड्रिचको पासमा गोल गर्न सफल भएका थिए ।

११६औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै क्रोएसियालाई ४–२ को रोमाञ्चक पूनरागमन जितसँगै टोलीलाई फाइनलमा पु¥याए ।

अब क्रोएसियाले उपाधिका लागि १८ जुनको राति स्पेन र इटालीबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीले आज राति खेल्दैछ । नेदरल्यान्ड्सले तेस्रो स्थानको लागि यि दुई टोलीबीचको पराजित टोलीसँग १७ जुनको राति खेल्नेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.