default_image

1 year ago

June 15, 2023

राष्ट्रिय टोलीमा लाकेन र विमलको डेब्यु

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर लाकेन लिम्बु र डिफेन्डर विमल पाण्डेले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गर्ने भएका छन् ।

फिलिपिन्सविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले लाकेन र विमललाई सुरुवाती रोजाइमा खेलाउँदै डेब्यु दिएका हुन् । खेल साँझ ४:४५ बजे सुरु हुँदैछ । विमलसँगै डिफेन्समा सनिश श्रेष्ठ, अनन्त तामाङ र रोहित चन्द रहेका छन् ।

मिडफिल्डमा लाकेनलाई एरिक विष्ट र पुजन उपरकोटीले साथ दिनेछन् । आक्रमणमा नवयुग श्रेष्ठ, अन्जन विष्ट र आयुष घलान खेल्नेछन् । कप्तान किरण चेम्जोङ गोलरक्षकको भूमिकामा नियमित छन् ।

लाकेन लिम्बु :

मिडफिल्डर लाकेन लिम्बु थ्री स्टारको कमजोर सिजनमा पनि मिडफिल्ड केन्द्रमा रहे । उनले सबै २६ खेलमा सुरुवाती रोजाइमा खेलेका थिए । यसक्रममा लाकेनले ३ गोल र ४ असिस्ट पनि प्रदान गरे । लाकेनले गोल गरेको खेलमा थ्री स्टार पराजित भएको थिएन ।

लाकेनले नेपालको मिडफिल्डमा खेल्ने प्रबल सम्भावना छ । आक्रमण र डिफेन्समा उत्तिकै चलायमान लाकेन शारीरिक रुपमा पनि बलिया छन् । बक्स टु बक्स मिडफिल्डरको भूमिकामा उनी प्रशिक्षक अनेसेको रणनीतिमा फिट छन् ।

विमल पाण्डे :

त्रिभुवन आर्मी फुटबल क्लबबाट सेन्टर डिफेन्समा खेल्दै आएका विमललाई प्रशिक्षक अनेसेले लेफ्ट ब्याकको जिम्मेवारी दिने लक्ष्यसहित टोलीमा समेटेका हुन् । शारीरिक रुपमा निपुण उनको वन भर्सेस वन डिफेन्डीङ राम्रो छ । प्रशिक्षक अनेसेले आफ्नो रणनीतिमा आक्रमण भन्दापनि रक्षात्मक रुपमा बलियो खेलाडी रोज्दै आएका छन् ।

विमलले जारी लिगमा १९ खेलमा आर्मीका लागि खेले । जसमध्य मात्र ११ खेलमा उनी सुरुवाती रोजाइमा रहेका थिए । चोटका कारण धेरै समय मैदानमा बिताउन नपाएका उनले आर्मीको डिफेन्सलाई केहि बलियो बनाएका थिए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.