default_image

1 year ago

June 16, 2023

इटालीलाई हराँउदै स्पेन नेसन्स लिगको फाइनलमा

220 views

0 Bookmark

एजेन्सी – इटालीलाई पराजित गर्दै स्पेन युइएफए नेसन्स लिग ए च्याम्पियन्ससिपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलमा इटालीमाथि २–१ को जित निकाल्दै स्पेनले फाइनलमा क्रोएसियासँगको भेट पक्का गरेको हो ।

स्पेनको जितमा यारेमी पिनो र जोसेलुले गोल गरे । इटालीका सिरो इमोविलेले एक गोल फर्काए । डि ग्रोलसच भेस्टे नेदरल्यान्ड्समा खेलको तेस्रो मिनेटमा नै यारेमी पिनोको गोलबाट स्पेनले सुरुवाती अग्रता लिन सफल भयो ।

११औं मिनेटमा सिरो इमोविलेले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । २४औं मिनेटमा डाभिड फ्राटटेसीले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा इटाली अग्रता लिनबाट चुक्यो ।

त्यसपछि अतिरिक्त समयतर्फ लम्बिएको खेलको ८८औं मिनेटमा जोसेलुले गोल गर्दै स्पेनलाई २–१ को जितसँगै फाइनलमा पु¥याए ।

अब स्पेनले उपाधिका लागि १८ जुनको राति क्रोएसियासँग खेल्नेछ । क्रोएसियाले बुधबारै नेदरल्यान्ड्सलाई ४–२ ले पराजित गरी फाइनल पुगिसकेको छ । इटालीले भने तेस्रो स्थानको लागि नेदरल्यान्ड्ससँग १७ जुनको राति खेल्नेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.