2 years ago
June 16, 2023
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विश्व विजेता अर्जेन्टिनाले सहज जित हात पारेको छ । विश्वविजेता अर्जेन्टिनाले अष्ट्रेलियामाथि २–० को सहज जित हात पारेको हो ।
अर्जेन्टिनाको सहज जितमा कप्तान लियोनेल मेस्सीसँगै जर्मन पिजेलाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल सम्भव भएको थियो ।
वर्कस स्टेडियम बेइजिङ चीनमा बिहीबार भएको खेलमा कप्तान मेस्सीले आफ्नो खेल करिअरकै सबैभन्दा छिटो गोल गर्ने क्रममा ११९ सेकेण्डमै गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए ।
मिडफिल्डमा म्याथ्यु लेकीले बल फुत्काएपछि एन्जो फर्नान्डेसले दिएको पासमा मेस्सीले दुई डिफेन्डरलाई बिट गर्दै पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहारले टप कर्नरबाट जाली चुम्दा म्याथ्यु रायनले बचाउने कुनै अवसर नै पाएन ।
यससँगै ३५ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि पछिल्लो सात खेलमा लगातार गोल गर्न सफल भएका छन् । उनको यो पछिल्लो सात खेलमा मेस्सीको यो १०औं गोल हो ।
गत नोभेम्वरमा कतारमा भएको फिफा विश्वकपमा प्रि–क्वाटरफाइनलमा अष्ट्रेलियाविरुद्ध २–१ को जित निकालेको खेल यता, मेस्सीले सबै सात खेलमा गोल गर्न सफल भएका हुन् ।
६८औं मिनेटमा परिवर्तित खेलाडी जर्मन पिजिएलाले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । दोस्रो हाफको शुरुमै निकोलस ओटामेन्डीको स्थानमा मैदान छिरेका पिजिएलाले गोल गर्न सफल भएका थिए ।
यही खेलबाट १८ वर्षीय युवा विंगर एलेहान्द्रो गर्नाचोले अर्जेन्टिनाको सिनियर टोलीमा डेब्यु गरेका छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा राम्रो छाप छाड्न सफल भएका गर्नाचो प्रशिक्षक लियोनेल स्कोलानीको नजरमा पर्न सफल भएका थिए ।
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली बुटवल लुम्बिनी एफसीले निराजन धामी र सरोज तामाङलाई रिटेन गरेको जनाएको छ। निराजन र सरोज दुवै ‘बी’ क्याटगोरीका खेलाडी हुन्। बुटवल लुम्बिनीले जारी गरेको विज्ञप्तिमा प्रतिभाशाली युवा खेलाडी निराजन गत सिजन टोलीको महत्वपूर्ण सदस्यको रुपमा रहेको कारण उनी बाट तेस्रो सिजनमा थप अपेक्षा सहित रिटेन […]
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको अघिल्लो दिन आइतवार आयोजक नेपालसहित चारै टोलीले उपाधिको लागि खेल्ने बताएका छन् । दशरथ रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा नेपालकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले बोलेर भन्दा पनि मैदानमा खेलेर देखाउने बताइन्। उनले तयारी पनि यो पटक राम्रो भएको जिकिर गरिन्। नेपाली टोलीले पछिल्ला प्रतियोगिताहरुमा हार्दा डिफन्समा […]
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपको पहिलो खेल नखेल्ने भएकी छिन्। नेपालले सोमवार कीर्गिस्तान विरूद्धको खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । साम्बा भोलि बिहान मात्र फ्रान्सबाट स्वदेश आइपुग्नेछिन्। प्रि म्याच कन्फरेन्समा आइतवार नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टाढाबाट आउँदैछिन् र उनलाई आराम चाहिने […]