default_image

1 year ago

June 17, 2023

एमबाप्पे र जिरुडको गोलमा फ्रान्सको जित

101 views

0 Bookmark

एजेन्सी – विश्व उपविजेता फ्रान्सले युरो छनोटको तेस्रो राउन्डको खेलमा सहज जित हात पारेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा फ्रान्सले जिब्राल्टारमाथि ३–० को सहज जित दर्ता गरेको हो ।

पोर्चुगलमा शुक्रबार राति भएको खेलमा फ्रान्सको सहज जितमा ओलिभर जिरुड र केलियन एमबाप्पेले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको तेस्रो मिनेटमा नै ओलिभ जिरुडको गोलबाट फ्रान्सले १–० को अग्रता लिन सफल भयो । उनले किङ्सले कोमानको पासमा गोल गर्न सफल भएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे ।रोएचिपोलिनाले पेनाल्टी बक्समा हातले बल छुन पुगेपछि रेफ्रीले भिएआरको सहायतामा फ्रान्सलाई पेनाल्टी प्रदान गर्दा एमबाप्पे चुकेनन् । ७८औं मिनेटमा एमेन मोउलेहीले आत्मघाती गोल गोल गरेपछि फ्रान्सले खेल सहजै आफ्नो पक्षमा पार्न सफल भयो ।

यस जितसँगै लगातार तेस्रो जित निकालेको फ्रान्स समूह ‘बी’ मा ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित जिब्राल्टर अंकविहीन हुँदै पुछारमा छ । ग्रीसको ६ तथा नेदरल्यान्ड्सको ३ अंक छ ।

यही समूहको अर्काे खेलमा ग्रीसले आयरल्यान्डलाई २–१ ले पराजित गरेको छ । ग्रीसको जितमा एनस्टासिओस बाकासेटास र जिओरगोस मासोउरसले गोल गर्दा आयरल्यान्डका नाथन कोलिन्सले एक गोल फर्काए । यस जितले ग्रीस दुई खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित आयरल्यान्डले अंकको खाता खोल्न सकेको छैन ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.