2 years ago
June 17, 2023
एजेन्सी – युरो कप २०२४ को छनोट खेलमा इंग्ल्यान्डले सानदार जित दर्ता गरेको छ । इंग्ल्यान्डले माल्टामाथि ४–० को सानदार जित दर्ता गरेको हो ।
इंग्ल्यान्डको सानदार जितमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड, ह्यारी केन र कलुम विल्सनले गोल गर्दा एक गोल उपहार पाएको थियो ।माल्टामा शुक्रबार राति भएको खेलको आठौं मिनेटमा फर्डिनान्डो एपापको आत्मघाती गोलबाट इंग्ल्यान्डले १–० को अग्रता लिन सफल भयो ।
२८औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे । ३१औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गरेपछि इंग्ल्यान्ड पहिलो हाफमा ३–० ले अघि बढ्यो । त्यसपछि ८३औं मिनेटमा कलुम विल्सनले पेनाल्टीमै गोल गर्दै इंग्ल्यान्डलाई ४–० को सानदार जित दिलाए ।
यस जितसँगै शीर्षस्थानमा रहेको इंग्ल्यान्ड ३ खेलबाट ९ अंक जोडेर समूह ‘सी’ को शीर्षस्थानमा रहेको छ । माल्टाले ३ खेलबाट अंक जोड्न सकेको छैन ।
यही समूहको अर्काे खेलमा युक्रेनले नर्थ म्यासेडोनियामाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकालेको छ । यस जितले युक्रेनले समूहमा २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित नर्थ म्यासेडोनिया ३ अंकसहित चौथो स्थानमा छ ।
अन्य नतिजा
समूह ‘बी’
जिब्राल्टारविरुद्ध फ्रान्स (०–३)
ग्रीसविरुद्ध आयरल्यान्ड (२–१)
समूह ‘डी’
लात्भियाविरुद्ध टर्कीए (२–३)
वेल्सविरुद्ध अर्मेनिया (२–४)
समूह ‘एच’
फिनल्यान्डविरुद्ध स्लोभेनिया (२–०)
डेनमार्कविरुद्ध नर्दन आयरल्यान्ड (१–०)
सान मारिनोविरुद्ध काजकस्तान (०–३)
समूह ‘आई’
एन्डोराविरुद्ध स्वीट्जरल्यान्ड (१–२)
बेलारुसविरुद्ध इजरायल (१–२)
कोसोभोविरुद्ध रोमानिया (०–०)
February 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]
February 10, 2025
हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]
February 10, 2025
हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]