default_image

1 year ago

June 18, 2023

विजय युथ गोल्डकप असार पहिलो साता

132 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको विजय युथ गोल्डकप फुटबल प्रतियोगिताको असार ५ गते देखि सुरु हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक विजय युथ क्लबका अध्यक्ष सुदीप राजबहाकले प्रतियोगिता असार ५ गते देखि १५ गतेसम्म हेटौंडा-५ क्याम्पा रंगशालामा हुने प्रतियोगिताको तयारी तीप्र रुपले अघि बढाएको जानकारी दिएका छन् ।

प्रतियोगितामा आयोजकसहित १६ टिमको सहभागिता रहनेछ । राजबहाकका अनुसार प्रतियोगिता विजेता टोलीले नगद दुई लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उपविजेता टोलीले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ लाख बराबरको बीमा, नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी, विजय युथ क्वब, हटिया भेट्रान्स क्लब, ढल्केजोवान एफसी, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, नागस्वती एफसी, पदमपोखरी युनाइटेड, हर्नामाडी युथ क्लब, एफसी विजय युथ, अग्रसर युथ क्लब, समाजकल्याण एफसी, बागमती प्रदेश प्रहरी गण, चाइना पब्लिक युथ क्लब, चौकीटोल युथ क्लब, पशुपति युवा क्लव, हेटौंडा फुटबल एकेडेमी ए गरी १६ टोली हुनेछन् ।

असार ५ गते साँझ ४ बजे हुने उद्घाटन खेलमा एफसी विजय युथ र अग्रसर युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा झन्डै १३ लाख खर्च हुने आयोजकको अनुमान छ ।

यसअघि प्रतियोगिताको पहिलो संस्करण माघ २०७७ मा सम्पन्न भएको थियो । पहिलो संस्करणको उपाधि आयोजक टिम एफसी विजय युथ क्लबले हात पारेको थियो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.