default_image

2 years ago

June 18, 2023

ओखलढुंगामा हुने मुख्यमन्त्री कप नकआउट फुटबलको तयारी पूरा

300 views

0 Bookmark

हिमाल खरेल, ओखलढुंगा

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा हुन लागेको कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । पूर्वी पहाडी जिल्ला ओखलढुंगामा हुन लागेको प्रतियोगिता तयारीबारे आज खेल मैदानमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

कार्यक्रममा बोर्डका सदस्य सचिव हंशराज वाग्लेले खेल पर्यटनको प्रबर्द्र्धन गर्न प्रतियोगिता कोशेढुंगे साबित हुने बताए । ओखलढुंगामा ३० वर्षपछि प्रदेशस्तरीय प्रतियोगिता हुने भएकाले स्थानीयहरु उत्साहित देखिएका छन् ।

खेलमैदान रहेको सिद्धिचरण नगरपालिकाका तथा जनप्रतिनिधि, व्यवसायीहरुले खेलाडी र अफिसियललाई हौशला प्रदान गर्न बजार क्षेत्रभरि स्वागत ब्यानर टाँगेका छन् । सोबबार देखि हुने प्रतियोगिताका लागि मैदान सम्याउने कामसमेत सकिएको छ । तर, वर्षाका कारण मैदान भिजेकाले खेलाडीलाई असहज भने हुनसक्ने सदस्य सचिव वाग्लेले बताए ।

प्रतियोगितामा कोशी प्रदेशका १३ जिल्लाको सहभागिता रहनेछ । ताप्लेजुङ भने पहिरोका कारण सडक अवरुद्ध भएपछि आउन सक्ने सम्भावना छैन । जिल्लाको सदरमुकामस्थित सिद्धिचरण नगरपालिकामा रहेको खेलमैदानमा प्रतियोगिता हुने वाग्लेले बताए । प्रतियोगितामा खेलाडी, अफिसियल तथा निर्णायक गरेर झण्डै ३ सय जना ओखलढुंगा पुग्ने बोर्डले जनाएको छ ।

प्रतियोगिताका लागि बोर्डले ३० लाख रुपैयाँ विनियोजन गरेको भए पनि अपुग हुने सदस्य सचिव वाग्लेले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो टोलीले १ लाख ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्नेछ । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालो पाँच हजार रुपैयाँ पाउनेछन् ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.