default_image

2 years ago

June 24, 2023

भारतविरुद्ध विमल पहिलो रोजाइमा खेल्दै

614 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२३ को दोस्रो खेलमा भारतको सामना गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीमा पछिल्लो खेलबाट ३ परिवर्तन भएको छ । फरवार्ड विमल घर्ती मगरले पहिलो रोजाइमा खेल्दैछन् ।

नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले कुवेतविरुद्ध ३-१ को हार बेहोरेको खेलबाट फरवार्ड नवयुग श्रेष्ठ, मिडफिल्डर पुजन उपरकोटी र डिफेन्डर विमल पाण्डेलाई बाहिर राखेका छन् । फरवार्ड विमल घर्ती मगर, विंगर आयुष घलान र डिफेन्डर देवेन्द्र तामाङ सुरुवाती रोजाइमा खेल्ने भएका छन् ।

नेपालले गोलरक्षकमा किरण चेम्जोङ खेलाउँदा डिफेन्समा सनिश श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ र देवेन्द्र तामाङ खेलाउने देखिन्छ । मिडफिल्डमा एरिक विष्ट र लाकेन लिम्बु छन् । अन्जन विष्ट, मनिष डाँगी र आयुष घलानले विमल घर्ती मगरलाई साथ दिनेछन् ।

भारतले पनि पछिल्लो खेलबाट टोलीमा व्यापक परिवर्तन गरेको छ । पहिलो रोजेका खेलाडी टोलीमा फर्किंदा भारतको कप्तान सुनिल क्षेत्री पहिलो रोजाइमा छन् ।

खेलको प्रत्यक्ष प्रसारण र लाइनप लगायत सम्पूर्ण विवरण यहाँ थिच्नुहोस

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.