2 years ago
June 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युवा क्लबका डिफेन्डर सिमान्त थापाले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् । भारतविरुद्ध जारी साफ च्याम्पियनसिपको दोस्रो खेलमा सिमान्तले डेब्यु गरेका हुन् ।

सिमान्तले खेलको औं मिनेटमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीका लागि पहिलो खेल खेलेका हुन् । उनले राइट ब्याक सनिश श्रेष्ठको स्थान लिंदै डेब्युको अवसर पाए ।
जावलाखेलले यस सिजन लिगमा उच्च प्रदर्शन गर्दा सिमान्तले कप्तानको भूमिका निर्वाह गरेका थिए । मुख्यत: राइट ब्याक पोजिसनमा खेल्दै आएका उनले आवश्यक पर्दा सेन्टर ब्याकको जिम्मेवारी पनि निभाए । उनले लिगको २२ खेलमा सुरुवाती रोजाइमा खेल्दै पूरा समय मैदानमा बिताएका थिए ।
सिमान्तले लिगको सुरुवाती दुई खेलमा गोल पनि गरेका थिए । उनकै गोलमा जावलाखेलले मच्छिन्द्रलाई ३-१ र एनआरटीलाई २-१ ले पराजित गरेको हो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]