2 years ago
June 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भारतले साफ च्याम्पियनसिप २०२३ को दोस्रो खेलमा नेपाललाई पराजित गरेको छ । बेंगलोरस्थित कन्तिरभा रंगशालामा भारतले समूह ए को दोस्रो खेलमा नेपालमाथि २-० को जित हासिल गरेको हो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्री र मिडफिल्डर महेश नाओरेमले १-१ गोल गरे । पहिलो हाफमा नेपालले राम्रो प्रदर्शन गर्दै अवसर सिर्जना गरेपनि अग्रता लिन सकेन । पहिलो हाफ गोलरहित बराबरीपछि दोस्रो हाफमा भारतले अग्रता लिएसँगै खेलमा पकड जमाएको थियो । दोस्रो हाफमा दुई गोल गर्दै भारतले नेपालमाथिको वर्चस्व कायम राख्यो ।
भारत यस जितसँगै समूह चरण पार गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । नेपालको साफ च्याम्पियनसिपको यात्रा भने यसपटक समूह चरणमा नै टुंगिएको छ । नेपालले पहिलो खेलमा कुवेतसँग ३-१ को हार बेहोरेको थियो ।
१७ औं मिनेटमा एरिक विष्टले गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक गुरप्रित सिंह सन्धुले विफल पारे । कर्नरमा आएको रिबाउन्डलाई एरिकले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दा गुरप्रित बाधक बनेका थिए । त्यसको केहीबेरमै मनिष डाँगीको पास केहि फितलो हुँदा विमल घर्ती मगर ६ यार्ड बक्सभित्र अवसरको सदुपयोग गर्नबाट बन्चित भए ।
४० औं मिनेटमा उदान्ता सिंहले दायाँ विंगबाट दिएको क्रसमा गोलरक्षक किरण चेम्जोङले एक हातले बल जोगाएपनि फार पोस्टमा महेश सिंह नाओरेम बलसम्म पुग्न सकेनन् । नेपालले पहिलो हाफको अन्त्यमा अन्जन विष्टको साथ गुमायो । चोटका कारण उनी बाहिरिएसँगै मिडफिल्डर आवास लामिछाने मैदान प्रवेश गरे ।

दोस्रो हाफको ६१ औं मिनेटमा भारतले अग्रता लियो । कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय करिअरको ९१ औं गोल गर्दै भारतलाई अघि बढाए । बायाँ विंगमा महेश सिंह नाओरेमले दिएको क्रसलाई सुनिलले सहजै गोल गरेका थिए ।
७० औं मिनेटमा भारतले अग्रता दोब्बर पार्यो । कप्तान सुनिलको पहिलो प्रहार नेपाली कप्तान किरण चेम्जोङले बचाएका थिए । उक्त बचाउ क्रसबारमा लाग्दै पेनाल्टी क्षेत्रभित्र फर्कंदा महेशले सहजै गोलमा परिणत गरे । यस नतिजासँगै भारत सेमिफाइनलमा प्रवेश गर्न सफल रह्यो ।
आज सम्पन्न समूह ए को खेलमा कुवेतले पाकिस्तानलाई ४-० ले पराजित गर्यो । यसअघि पहिलो दिन नेपाल कुवेतसँग ३-१ ले पराजित हुँदा भारतले पाकिस्तानलाई ४-० ले नै हराएको थियो । यस नतिजासँगै नेपाल र पाकिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् । यी दुईबीच मंगलबार लिग चरणको अन्तिम खेलमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको खेल तालिका, अंक तालिका, उच्च गोलकर्ता लगायत सम्पूर्ण जानकारी यहाँ पाउनुहोस्
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]