default_image

2 years ago

June 25, 2023

दोस्रो रामनारायण मिश्र फुटबल सुरु हुँदै

546 views

0 Bookmark

सुनील गाउँले, सिमरा

मधेस प्रदेश स्तरीय ’दोस्रो रामनारायण मिश्र फुटबल प्रतियोगिता’ सोमबारदेखि बाराको सिमरा रंगशालामा सुरू हुँदैछ । आयोजक मधेस प्रदेश फुटबल संघले आइतबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारे जानकारी दिएको हो ।

प्रतियोगिताको पहिलो संस्करण गत बर्ष धनुषाको महेन्द्रनगरमा गरेको संघले यसबर्ष बारा जिल्ला फुटबल संघ संगको सहकार्यमा सिमरामा प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा मधेस प्रदेशका सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, रौतहट, पर्सा र बारा गरि ८ वटै जिल्लाका फुटबल संघको टिमले प्रतिस्पर्धा गर्ने आयोजक मधेस प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्कीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ५० हजार, दोस्रो हुने टोलीले ३० हजार र तेस्रो हुनेले टोलीले २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक संघका अध्यक्ष कार्कीले जानकारी दिए । मधेस सरकारको खेलकुद ऐन नहुँदा प्रतियोगिताको लागि पहिलेनै बनेको नियमले पुरस्कारको राशि कम हुन गएको अध्यक्ष कार्कीले प्रष्ट पारे । आगामी संस्करणबाट पुरस्कार राशी बढ्ने उनले बताए ।

प्रत्येक खेलेको म्यान अफ दि म्याच र विभिन्न बिधामा उत्कृष्ट खेल प्रदर्सन खेलाडीले जनही ५ हजार प्राप्त गर्नेछन् । सिमरा रंगशालाको फ्लड लाइटमा संचालन हुने प्रतियोगिताको उद्घाटन मधेस प्रदेशका प्रमुख हरिशंकर शर्माले सोमबार सांझ ५ बजे गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा मधेस प्रदेश फुटबल संघमा उपाध्यक्ष बिजय गुप्ता, सुमन श्रेष्ठ, कोषाध्यक्ष शम्भु शिंह ठकुरी, सदस्यहरु राजेस पटेल, उदय श्रेष्ठ, बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामा, पर्सा जिल्ला अध्यक्ष अनिल कलवार, महोत्तरी जिल्ला फुटबल संघका अध्यक्ष प्रमोद मानन्धरलगायतको उपस्थिति रहेकोे थियोे ।

November 7, 2025

पुलिस झापा गोल्ड कपको फाइनलमा

दिपक बोहोरा / हिमाल खरेल , झापा नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। संकटा एफसीलाई आज २-० गोलले पराजित पुलिस अन्तिम दुईमा पुगेको हो। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि पहिलो हाफमा गोल रहित बराबरी रह्यो। २४औं मिनेटमा पुलिसले कर्नर […]

November 7, 2025

देउरालीको पहिलो जित, चित्लाङ र विजय स्पोर्ट्सको बराबरी

रविन्द्र वाईबा ,हेटौंडा देउराली युथ क्लब (धनकुटा) ले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा जन जागृती युवा क्लब बर्दियालाई ३-१ गोलले हराउँदै लिगमा पहिलो जीत निकालेको हो। जागृतीका लागि शम्भु थारुले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेन । देउरालीका मिलन […]

November 7, 2025

फुटबल खेलाडीले सुरु गरेको विरोधमा खेलाडी संघको एकबद्धता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) का विरुद्ध गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एकबद्धता जनाएको छ। खेल्न पाउनुपर्छ भन्ने माग सहित फुटबल खेलाडी संघले एन्फा विरुद्ध बिहीवार धर्ना प्रदर्शन गरेको थियो। खेलाडी संघले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए […]

Success

Thank you for your time.