2 years ago
June 26, 2023
एजेन्सी – इंग्लिस क्लब चेल्सीका सेनेगली डिफेन्डर कालिडो कोउलीबाली साउदी अरेबियाको अल हिलालमा अनुबन्धित भएका छन् ।

कोउलीबाली गत जुलाईमा इटालियन क्लब नेपोलीबाट चेल्सीमा चार वर्षको सम्झौता गरेका थिए । तर, उनले चेल्सीमा एक सिजन बिताएपछि नै क्लब छाडेर अल हिलालमा अनुबन्धित भएका हुन् ।
अल हिलालले कोउलीबालीका लागि कति तिरेको छ भन्ने खुलासा गरेको छैन । तर रिपोट अनुसार २० मिलियन पाउन्ड रहेको अनुमान गरिएको छ ।
‘मेरो पहिलो खेलदेखि मेरो अन्तिमसम्म, यो ब्याज लगाउन पाउनु सम्मानको कुरा हो ।’ कोउलीबालीले ट्विटरमा भने, ‘गत सिजन हामीले चाहेको थिएन, तर म फ्यानहरू र क्लबका सबैलाई तपाईंको समर्थनको लागि धन्यवाद दिन चाहन्छु ।’
सन् २०२० मा नेपोलीलाई इटालियन कप र २०२२ मा सेनेगलले अफ्रिका कप अफ नेसन्स जित्न मद्दत गरेपछि उनी युरोपियन र अन्तर्राष्ट्रिय अनुभवका साथ स्ट्यामफोर्ड ब्रिजमा आइपुगेका थिए । उनले चेल्सीका लागि सबै प्रतियोगितामा जम्मा ३२ खेलमा २ गोल गरेका छन् ।
कोउलीबाली यो सिजन चेल्सी छाड्ने चौथो खेलाडी हुन् । यसअघि काई हाभर्टज, माटियो कोभासिस र एनगोलो कान्टेले यो सिजन चेल्सी छाडिसकेका छन् । काई आर्सनलमा तथा कोभासिस म्यानचेस्टर सिटी प्रथान गर्दा कान्टे साउदी क्लबमा पुगेका छन् ।
गत जनवरीमा पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डो अल नासमा आवद्ध भएसँगै युरोपियन क्लब फुटबलमा व्यस्त रहेका खेलाडीहरु साउदी प्रिमियर लिगमा आबद्ध हुनेको ओइरो लागेको छ ।
यसै सिजन करिम बेन्जेमासँगै रुवेन नेभेस र एनगोलो कान्टेसँगै अन्य खेलाडी साउदीको क्लबमा आबद्ध भइसकेका छन् भने आबद्ध हुने क्रम जारी छ ।
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]
November 10, 2025
रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]